राम प्रघट कोरी/कपिलवस्तु सम्बाददाता,जेठ ३ –विजयनगर – कपिलवस्तुको विजयनगर गाउँपालिकामा दोस्रो दिन २९ गते २६ जनामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बैशाख सोमवार २६ जनामा पिसिआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ ।
शनिवार आएको सुचना अनुसार सबै रिपोर्ट नेगेटिभ आएको हो । भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायत विभिन्न ठाउँबाट आइ गाउँपालिका क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थिथो । त्यस्तै बैशाख २८ गते ५० जनाको स्वाब संकलन गरिएकोमा पिसिआर परिक्षण नेगेटिभ आएको थियो । यसरी गाउँपालिकामा गरिएको पहिलो चरणको पिसिआर ७६ जना सबैको रिपोर्ट नेगेटिभ आएको थापाले बताउनुभयो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0