भोला गुप्ता/कपिलवस्तु सम्बाददाता,जेठ ३ –कृष्णनगर कपिलवस्तुको कृष्णनगर नगरपालिकामा शनिवार सशस्त्र प्रहरी १ सय ५२ जना, जनपद प्रहरी ७२ जना, अनुसन्धान १ जना, सञ्चारकर्मी, जनप्रतिनिधि, राजस्व कर्मचारी गरी अन्य २६ जनाको स्वाब संकलन गरिएको छ ।

नगरपालिकामा ८ जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुसँग कन्ट्रयाक्ट ट्रेसिङ्गमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो। कन्ट्रयाक्ट ट्रेसिङ्गमा रहेकाको स्वाब संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जनस्वास्थ्य प्रयोगशालामा कोरोना परिक्षणका लागि पठाईएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख अनिल कुमार विश्वकर्माले जानकारी दिनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २ सय ५० जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि भैरहवा पठाईएको कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *