नेपाली सेलेब्रेटीले बलिउड नायिका अनुष्का शर्माको गरिन तिब्र आलोचना ।

२०७७ जेष्ठ ५, सोमबार १६:१५ गते २०७७ जेष्ठ ५, सोमबार १६:१५ गते २०७७ जेष्ठ ५, सोमबार १६:१५ गते

सामाजिक सञ्जालमा भाइरल भईरहेको एउटा भिडियोको नेपालमा हाल तिब्र आलोचना भईरहेको छ । शुरुमा नायिका रेखा थापाले यसको आलोचना गरेकी थिईन् । विस्तारै यसमा सरिता लामिछाने, रिचा शर्मा, केकी अधिकारी लगायत दर्जनौं सेलेब्रेटी र कलाकारहरु जोडिएका छन् । यस्तै आम नेपालीले पनि भिडियो हटाउन माग गरेका छन् । बलिउडको पाताल लोक नामक टेलिफिल्ममा नेपाली केटीलाई गालि गर्दै अपशब्द प्रयोग गरिएको छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

अनुष्का शर्माले निर्माण गरेको पाताल लोकको दोश्रो भागमा उक्त सामाग्री समावेश छ । यस विषयमा अहिले सामाजिक सञ्जाल रंगिएको छ । हालै भारतले नेपालको सिमा अतिक्रमन गरेको विषयमा आवाज उठिरहेको छ । सोही क्रममा भिडियोमा नेपालको प्रतिष्ठमा माथी आँच आउने गरि अपशब्द प्रयोग गरिएको भन्दै सेलेब्रेटी र फिल्मकर्मीले आवाज उठाएका हुन् । रेखा थापाले यस विषयमा लेखेकी छन्, ”एकातिर जमिन अतिक्रमण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मान मर्दन हुने गरेर प्रस्तुत गर्ने दादागिरीको घोर भ्रत्सना गर्दछु । पातल लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरी हरुलाई जुन निच शब्द प्रयोग गरिएको छ त्यो घोर आपत्ति जनक छ । त्यती मात्र होइन एस्तो भाषा र हेपाह प्रब्रितीले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ । एसको निर्माण सम्बद्द पक्षले तुरुन्तै माफि मागोस र रेकर्ड बाट हटाइयोस । कुन देशका छोरी बहादुर छन भन्ने ईतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्ने सँग सिक्नु छैन । यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर–घर मा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस ।” यस्तै सरिता लामिछानेले लेखेकी छन्,”स्वाभिमानी नेपालीहरुको अस्तित्व माथि प्रहार गरियका यि र यस्ता कार्यहरु तत्काल बन्द गरी सम्बन्धित निकायले माफी मागोस… ।” यस्तै नायिका रिचा शर्माले लेखेकी छन्, ”अमेजन प्राइमको ‘पाताल लोक’ सिरिजमा नेपाली महिलालाई लिएर जुन अपशब्द प्रयोग भयो, त्यसले सम्पूर्ण नेपालीको मन दुस्खेको छ ।

फिल्मको निर्माण पक्षले नेपालीहरूसँग माफी माग्नुपर्छ र त्यो शब्द सिरिजबाट हटाउनुपर्छ । यस्तो बेलामा हामी सबै एक भएका छौं । तर, यस्तो एकता नेपाली कलाकार, मोडल, मिस नेपालहरूलाई ‘रन्डी’, ‘भालु’ भनेर आउने टिप्पणीको विरोधमा कहिल्यै देखिन्न । त्यो टिप्पणी व्यक्तिविशेषलाई आएको भएर कसैले चासो नदेखाउनुभएको होला शायद । त्यस्ता अपशब्द बोल्नेहरूलाई पाठ सिकाउनु पर्दैन हामीले ? अहिले नजागे कहिले जाग्ने ?” यस्तै नायिका करिश्मा मानन्धरले लेखेकी छन्, ”हदैसम्मको तल्लो स्तरीय शव्द प्रयोग गरेर नेपालीहरु प्रती गरिएको यो हदैसम्मको हेपाइ प्रस्तुत गरेकोको सो सिरियल कला प्रस्तुतिको नाममा भद्दा उपहासहो ,येस्को घोर भ्रत्सना गर्दछु । हरेक मुलुकका आमा,छोरी , बुहारी या कुनै पनि महिला जननी हुन , के त्यो नेपालआमा , अमेरिकीआमा , चाइनिजआमा या अन्य देशका आमा हुन्छ ? आमा सिर्फ आमा हुन्छिन ।” कुनै महिलाको हैसियतलाई तल गिराउदा कुनै मुलुकको नाम जोडेर गालिगर्नुभन्दा पहिला तिनले आफ्नो हैसियत के हो भनेर आफैसंग प्रश्न गर्नुपर्ने ? (सकारात्मक हुनुको अर्थ यो होइन कि आत्मसम्मान मारेर बेहोस भयेको नाटक गर्नु ) ” यस्तै चलचित्र संघका पूर्व अध्यक्ष प्रदिप कुमार उदयले लेखेका छन्, ”सम्वन्धितलाई तत्काल यो दृश्य हटाउन र माफी माग्न आग्रह गर्दछु ।”

स्रोत:FilmFanda

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed