आज सम्मा नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

२०७७ जेष्ठ ५, सोमबार १७:४२ गते २०७७ जेष्ठ ५, सोमबार १७:४२ गते २०७७ जेष्ठ ५, सोमबार १७:४२ गते

काठमाडौं ५ जेठ । सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् । त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए । गुल्मीका संक्रमित व्यक्ति मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका हुन् । उनी केही दिनअघि मात्र निमोनियाको समस्या देखिएपछि उपचारका लागि बुटवल गएका गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए । ‘घरबाटै कति ननिस्कने र शिक्षण पेशामा रहेका उहाँमा कसरी कोरोना लाग्यो, हामी अचम्ममा परेका छौं’ उनले भने ।

स्रोत:Onlinekhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed