अमेरिकालाई चीनको धम्की ताइवानको शुभकामना बिषयमा ।

२०७७ जेष्ठ ७, बुधबार १४:४२ गते २०७७ जेष्ठ ७, बुधबार १४:४२ गते २०७७ जेष्ठ ७, बुधबार १४:४२ गते

जेष्ठ ७ – एजेन्सी अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले मंगलबार ताइवानका राष्ट्रपति साई इंग–वेनलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उनले ताइवानको जिवन्त लोकतन्त्रको साहसिक, दूरदर्शितापूर्ण नेतृत्वका लागि राष्ट्रपति साई इंग–वेनको तारिफ गरेका छन् । अमेरिकाको तर्फबाट ताइवानको सरकारलाई यस्तो प्रकारको शुभकामना सन्देश कमै देखिन्छ । राष्ट्रपति साई इंग–वेनको दोस्रो कार्यकालको सुरुवातबारे बधाई दिँदै अमेरिकी विदेशी मन्त्री माइक पोम्पियोले ट्वीटरमा लेखे, ‘ताइवानका राष्ट्रपति पदको दोस्रो कार्यकालको सुरुवातका लागि डाक्टर साई इंग–वेनलाई शुभकामना । ताइवानको जिवन्त नेतृत्व त्यो क्षेत्र र संसारका लागि प्रेरणाको स्रोत हो । राष्ट्रपति साई इंग–वेनको नेतृत्वमा ताइवानसँग हाम्रो समझदारी फली–फुलिरहनेछ ।’

माइक पोम्पियोको ट्वीटमा चीनको विदेश मन्त्रालयले कडा प्रतिक्रिया जनाएको छ । बुधबार चीनको विदेश मन्त्रालयले भन्यो, ‘अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ताइवानका राष्ट्रपति साई–वेनलाई शुभकामना दिएर ताइवान–चीन सम्बन्ध र चीन–अमेरिका सम्बन्धको क्षेत्रको शान्तिलाई गम्भीर क्षती पुर्याएको छ ।’ चीनको विदेश मन्त्रालयले आफ्नो बयानमा यसका लागि चीनले आवश्यक कदम उठाउने र अमेरिकाले यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ ।

स्रोतः बीबीसी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *