गाउँपालिका अध्यक्षद्धारा ४३ नागरिकको उद्धार

२०७७ जेष्ठ ८, बिहीबार २०:४२ गते २०७७ जेष्ठ ८, बिहीबार २०:४२ गते २०७७ जेष्ठ ८, बिहीबार २०:४२ गते

भोला गुप्ता/कपिलवस्तु सम्बाददाता, जेष्ठ ८ – विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष गोपाल बहादुर थापाले अलपत्र परेका ४३ नेपाली नागरिकलाई उद्धार गर्नु भएको छ । भारतको हरियाणा, पञ्जाब लगायत विभिन्न ठाउँबाट आइरहेका नेपालीहरुलाई बिहिवार उहाँले उद्धार गर्नुभएको हो । उनीहरु कामको सिलसिलामा भारत गएका थिए ।

लकडाउन लम्बिएसँगै नेपाल आइरहेका उनीहरुलाई कृष्णनगरको बर्डरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । कपिलवस्तुको कृष्णनगर नाकाबाट कपिलवस्तुको विजयनगर गाउँपालिकाका २२ जना, बुद्धभूमी नगरपालिका, दाङ, बाँके, काठमाण्डौ लगायत विभिन्न ठाउँका अलपत्र २१ गरी ४३ जना नागरिकलाई नेपाल प्रबेश गराउनुभएको हो । बढनी कस्टम कार्यालयका इन्स्पेक्टर राजेन्द्र यादव, ब्लाक प्रमुख डिके सिंह र इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको रोहबरमा नेपाल भित्रियाइएको हो । यस अघि पनि गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भारतको विभिन्न ठाउँबाट आइरहेका ४१ जना दाङ, प्युठानका नागरिकलाई उद्धार गर्नुभएको थियो । नेपाल र भारतको १० गजामा आइपुगे पछि नेपाल, भारत दुबैले आउन नदिएको कारण लुकिछिपि आउँदा विजयनगरको गाँउपालिका पुगेपछि सिमामा अलपत्र भेटिएकालाई १ दिन क्वारेन्टाइनमा राखेर आफन्तको सम्पर्कमा आएका उनीहरुलाई गाडीको व्यवस्थापन गरी सम्बन्धित तहको जिम्मा लगाइएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *