मन्दिरमा बास नपाएका द्यौता (देवता)

२०७७ जेष्ठ ९, शुक्रबार ११:०१ गते २०७७ जेष्ठ ९, शुक्रबार ११:०१ गते २०७७ जेष्ठ ९, शुक्रबार ११:०१ गते

✍️आकांक्षा शर्मा आशा
“म प्रत्यक मान्छेको हृदयमा बस्न चाहन्छु,मान्छे मलाइ मन्दिमा बसाउन चाहन्छन्!

म मानिसको आत्ममा दर्शण दिन चाहन्छु,मान्छे मलाइ मूर्ति दर्शन गर्न चाहन्छन्!
म मान्छे को बानी व्यवहारमा सुगन्ध लेपन गर्न चाहन्छु, मान्छे मेरो मूर्तिमा रङ्गरोगन गर्छन्।।”

सपनीमा पनि होइन,कल्पनामा पनि होइन,तर मेरा अगाडि भगवान हुनु हुन्थ्यो ।म झस्किए आफैले आफूलाइ चिमोटे तर म ठिकै थिए।म अचम्मित भए म आत्तिए र हत्त न पत्त भगवानलाई प्रणम गरे।
मसँग भगवानलाई पूज्जलाई षोडषोपचार थिएन, चाँदिको थालिमा सुनको लड्डु थिएन,
स्वागतार्थ सुगन्धित र उज्याला रत्न जडित मनि माणिक्य थिएनन्, भगवानलाई सम्मानसाथ आसन गराउनका निम्ति सिंहासन थिएन!!!!!!!
त्यसैले म आत्तिए!!!!
छट्पटाए मेरा चिटचिटाहट रछटपटाहट देखरे
भगवान ले शितल भएर भन्नु भयो, बालक तिमी किन यसरी आत्तिएको????
मैले भन्न सकिन,भगवानले हाँस्दै भन्नु भयो, तिमी आत्तिनुको कारण मलाइ थाहा छ ।म केहि बोल्न सकिन,केवल हेरिरहे
भगवानलाई भोजन गराउलाई मसँग चौरासी व्यञ्जन थिएन, त्यसैले म आत्तिए को थिए तर भगवानले शान्त स्वरमा भन्नु भयो “तिमीले त प्रवित्र हृदय चढाएकाछौ,अमृतवाणीको भोजन गराएका छौ,नित्य आरतीका मणि चढाएका छौ,मेरा लागि चौरासी व्यञ्जनको कुनै कमि छैन, षोडषोपचारले पूजा गर्नेको कुनै कमि छैन, रत्न मणि माणिक्य चढाउने कुनै कमि छैन,” कमि छ त केवल पवित्र हृदय चढाउनेको”
वर्तमान अवस्थामा तिमी जस्तो पवित्र हृदय राख्ने र शरिर र भौतिकताको कुनै वास्ता नगरि मलाइ सम्झने भक्त पाउन दुर्लव छ,त्यसैले म तिम्रो सामु छु……………!!!!

यसरी भगवान ले वाणि बर्साउदै गर्दा मेरा आँखा बर्सिए आशुको वर्षाद भइर्यौ…
सायद भगवान प्रति आसिम श्रध्दा प्रेम भएर होला!!!
भगवान भन्दै हुनु हुन्थ्यो
“म पत्येक मान्छेको हृदयमा बस्न चाहन्छु, मान्छे मलाइ मन्दिरमा बसाउन चाहन्छन्, म मानिसको आत्ममा दर्शन दिन चाहन्छु, मान्छे मलाइ मूर्तिमा दर्शन गर्न चाहन्छन्, म मान्छे को बानी व्यवहारमा सुगन्धलेपन गर्न चाहन्छु, मान्छे मेरा मूर्तिमा रङ्गरोगन गर्छन।।।”
यसरी भगवानका गुनासाहरु सुन्दै गर्दा कताकता हो जस्तो अनुभव भयो ।वर्तमानका मानिस ठगि र जालि मात्रै छन्,कसैको पनि पवित्र हृदय भेटिदैन। त्यसैले होला सायद भगवान ले मलाइ नै दर्शन दिएर यसरी आफ्ना गुनासाहरु पोखेको……… यसरी भगवान आफूसँग खुलेर बगेको देखेर म झनझन भक्तिमा डुब्दै गए।।।।
भगवान ले मेरा टाउको सुमसुम्याउदै भन्नुभयो अब म अन्तरध्यान हुन्छु,तिमी यो रहस्यमय कुरालाई बाहिर ल्याउनु मेराआर्शिवाद सदासर्वदा तिमीमा रहिरहनेछ………
त्यसपछि भगवान लाई दण्डवत् प्रणाम गरी आँशु बहाइ भगवान को आग्यालाई शिरोधार्य गरे।………..‌
परिणाम स्वरुप यो कथा लेखे।
यो कुरालाइ मनन् गर्ने जिम्मा हजुरहरुको हातमा छोडे………!!!!?

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *