थप ३२ जनामा कोरोना भाइरस पुष्टि, कुल संक्रमितको संख्या पुग्यो ५४८

२०७७ जेष्ठ १०, शनिबार ०९:०६ गते २०७७ जेष्ठ १०, शनिबार ०९:०६ गते २०७७ जेष्ठ १०, शनिबार ०९:०६ गते

काठमाडौँ । नेपालमा थप ३२ जना जनामा कोरोना पुष्टि भएको छ .नयाँ संक्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा परिक्षण गरिएका कपिलवस्तुको बाणगंगा नगरपालिकाका ८ जना, सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना, बारा र काठमाडौँका एक एक जना रहेका छन् ।त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गैरिएको परिक्षणमा रुपन्देहीको गैडह्वा र रोहिणी गाउँपालिकाका ८ जना, त्यस्तै भरतपुर अस्पतालमा गरिएको परिक्षणमा चितवनका एक जना रहेका छन् ।नयाँ संक्रमितमा तीन जना महिला र २९ जना पुरुष रहेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५४८ पुगेको छ । जसमा पुरुषको संख्या ४६९ र महिला ७९ जना रहेका छन् ।अहिलेसम्म ७० जना संक्रमित ठिक भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।कुन प्रदेशमा कति संक्रमित ?मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ४० जिल्लाका ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४६९ जना पुरुष र ७९ जना महिला रहेका छन् । त्यस्तै अहिलेसम्म कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।त्यसमध्ये प्रदेश १ मा ८५ जना, प्रदेश २ मा १७३, बाग्मती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २४३, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *