राष्ट्रिय भाव बोकेको ‘इतिहास’ नामक’ गीत सार्वजनिक !

२०७७ जेष्ठ ११, आईतवार २०:११ गते २०७७ जेष्ठ ११, आईतवार २०:११ गते २०७७ जेष्ठ ११, आईतवार २०:११ गते

काठमाडौं ११ जेष्ठ – काठमाडौं विन्दास मिडिया नेटवर्कको प्रस्तुति एवम् निर्माणमा तयार भएका ‘इतिहास’ नामक राष्ट्रिय भाव बोकेको गीत सार्वजनिक भएको छ।
गीतमा सञ्चारकर्मी रवीन्द्र सुवेदीको शब्द एवम् सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिवेश गुरुङ र प्रवीण भट्टको स्वर रहेको छ। नेपाली वेब सिरिजका लोकप्रिय कलाकार जिवेश गुरुङले यस गीतको भिडियो निर्देशन गरेका छन्। गीतको संगीत संयोजन ओम सुनारले गरेका छन् भने प्रोजेक्ट संयोजन समीर नेपालले गरेका छन्। प्रवीण भट्टको सम्पादन रहेको गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् । टंक कार्की (छिमेकी) को संयोजनमा निर्माण भएको गीत ‘ए प्लस’ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिवेश गुरुङ र प्रवीण भट्टको मुख्य भूमिका रहेको छ भने सहयोगी भूमिकामा दिपशन परियार र बिनय सापकोटा लाई देख्न सकिन्छ। सेमी र्‍याप शैलीमा तयार गरिएको यो गीतमा इतिहासको गाथा र नेपालीको वीरतालाई उजागर गरिएको छ ।

गित बारे यस गितका निर्देशक, गायक एवम् कलाकार गुरुङ भन्छन् देशलाई अफ्याठ्यारो परेको अबस्थामा हरेकले आफ्नो ठाँउ बाट सकेको गर्ने हो र एक कलाकारको नाताले आफ्नो कलाकारीताको माध्यमबाट देशलाई प्रहार गर्नेहरु लाई हामिले जबाफ दिने प्रयास गरेका छौ । आशा छ हरेक नेपालीले यस गितलाई हेरेर मन पराईदिनुहुनेछ । विशेषगरि बिदेशीले बुझोस् भनेर भिडीयोमा सव टाइटल पनि हालेका छौ त्यसैले पुग्न पर्ने ठाँउमा नेपाली दाजुभाई दिदिबहिनीलाई यो गित सामाजिक संजालको माध्यम मार्फत हरेक दर्शक स्रोतामा पुर्याइदिन अनुरोध गर्न चाहान्छु। भारतले मिचेको नेपालको भूमि कालापानी, लिपुलेक जस्ता भूभाग फिर्ता गरिनुपर्छ भन्ने सन्देश गीतमार्फत् दिन खोजिएको छ । गीत आहा टिभीको अफसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

हेर्नु होस् भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *