विजयनगरको आइसोलेशन सेन्टरमा बुद्धभूमीका दुई कोरोना संक्रमितलाई व्यवस्थापन

२०७७ जेष्ठ १३, मंगलवार १०:१३ गते २०७७ जेष्ठ १३, मंगलवार १०:१३ गते २०७७ जेष्ठ १३, मंगलवार १०:१३ गते

राम प्रघट कोरी | जेष्ठ १३ – विजयनगर | कपिलवस्तुको बुद्धभूमी नगरपालिकाका दुई कोरोना संक्रमित व्यक्तिलाई विजयनगर गाउँपालिकाको आइसोलेशन सेन्टरमा व्यवस्थापन गरिएको छ । बुद्धभूमीमा तत्काल आइसोलेशनको व्यवस्था नहुँदा दुई पालिकाका प्रमुखहरु बीच समन्वय गरी बुद्धभूमी वडा नं. ४ का कोरोना संक्रमित २२ वर्षिय र १७ वर्षिय पुरुषलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।

उहाँहरुलाई गाउँपालिकाको वडा नं. ७ परसोहियामा रहेको आर्युवेदिक अस्पतालमा बनाईको आइसोलेशन सेन्टरमा राखिएको छ । दुबै कोरोना संक्रमितलाई आइतवार नै आइसोलेशनमा राखिएको अध्यक्ष थापाले बताउनुभयो ।अहिले गाउँपालिकाका ३ जना र बुद्धभूमीका २ जना गरी ५ जना कोरोना संक्रमितलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनु भएको छ । अहिले उहाँहरुको स्वास्थ्य अवस्था सामान्य र प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा रहेको अधिकारीले बताउनुभयो ।विजयनगरका ३ जनामा एकै पटक कोरोनाको संक्रमण देखिएपछि गाउँपालिकाकाले २५ बेडसहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *