‘सरकार यो जुनीमा म मान्छे मानिन्छु कि मानिन्न’ – प्रकाश सपुत

२०७७ जेष्ठ १३, मंगलवार १६:०४ गते २०७७ जेष्ठ १३, मंगलवार १६:०४ गते २०७७ जेष्ठ १३, मंगलवार १६:०४ गते

एजेन्सी। जाजरकोटका नवराज वीकको हत्यासँगै यतिबेला आम मानिसमा आक्रोश पनि पैदा भएको छ । आफ्नी प्रेमिकासँग बिहे गर्न रुकुम पुगेका उनको हत्या गरियो । ढुंगाले हिर्काएरै उनको हत्या गरिएपछि यसको सर्वत्र विरोध मात्र भएको छैन, प्रश्न पनि उब्जिएको छ ।गायक प्रकाश सपुतले यो जुनीमा आफू मान्छे मानिन्छु कि मानिन्न भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

सपुत लेख्छन्–‘सरकार, खुकुरी उदाएर निस्किकै हो । जान्छु देशको सिमानामा र थापिन्छु । कि काट्छु कि काटिन्छु भनेर । तर, रुकुम पुगेर रोकिएँ । सरकार, त्यहाँ त झन् कत्रो ठूलो पर्खाल रैछ नी । जातिय विभेदको, वर्गिय विभेदको ।’सपुतले यी पर्खालहरु भत्काउदा भत्काउदै देशको सिमानामा पुग्न ढिलो भयो भने म राष्ट्रवादी मानिन्छु कि मानिन्न भन्दै प्रश्न पनि गरेका छन् । सपुत लेख्छन्–‘म एक स्वाभिमानी नेपाली, यो जुनीमा मान्छे मानिन्छु कि मानिन्न ।’उनले, नवराजको मृत्युसँगै सबैको आत्मसम्मानको पनि मृत्यु भएको उल्लेख गरेका छन् । उनले दलित भएकै कारण, प्रेम गरेकै कारण मर्नुपर्ने नियती देशकै लागि लज्जाको बिषय भएको पनि उल्लेख गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *