सुसाइड नोट लेखेर १५ वर्षीय बालकद्वारा आत्मह’त्या, जलाउनै लाग्दा शव प्रहरीको नियन्त्रणमा

२०७७ जेष्ठ १३, मंगलवार २२:०८ गते २०७७ जेष्ठ १३, मंगलवार २२:०८ गते २०७७ जेष्ठ १३, मंगलवार २२:०८ गते

काठमाडौं, १३ जेठ : शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सु’साइड नोट लेखेर आ’त्म’ह’त्या गरेका छन् ।गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सु’साइड नोट लेखेर आ’त्मह’त्या गरेको प्रहरीले जानकारी दिएको हो ।आफ्नै घरमा आ’त्मह’त्या गरेका तामाङको श’व सोमबार राति गुपचुपरूपमा ज’लाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।

बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, “ज’लाउनै लाग्दा श’व हामीले नियन्त्रणमा लिएर परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएका छौँ । घ’टनाको थप अनुसन्धान हुँदैछ ।”मृ’तक तामाङ उनका आफ्नै जेठो भिनाजुको स्काभेटरको सहयोगीका रूपमा काम गर्ने गरेका थिए । परिवारमा चार भाइ छोरामध्ये उनी कान्छो हुन् । आ’त्मह’त्या गर्नुअघि उनले सोही कोठाको पलङमा सु’साइड नोट राखेको भेटिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान गर्दै गरेको प्रहरीले श’व परीक्षणको रिपोर्ट आएपछि घ’टनाको थप विवरण प्राप्त हुने जानकारी दिएको छ ।एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *