कपिलवस्तु जिल्लामै विजयनगरको आइसोलेशन सेन्टर पूर्ण व्यवस्थित छः मन्त्री बराल

२०७७ जेष्ठ १५, बिहीबार २१:५५ गते २०७७ जेष्ठ १५, बिहीबार २१:५५ गते २०७७ जेष्ठ १५, बिहीबार २१:५५ गते

राम प्रघट कोरी/प्रदेश ५ सम्बाददाता, जेष्ठ १५ –विजयनगर प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कपिलवस्तुको विजयनगर गाउँपालिकाको आइसोलेशन सेन्टर जिल्लामै सबैभन्दा व्यवस्थित रहेको बताउनु भएको छ । विहिवार गाउँपालिकाको वडा नं. ७ परसोहियामा रहेको आर्युवेदिक अस्पतालमा सञ्चालित आइसोलेशन सेन्टरको अनुगमन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । सरकारले बनाएको मापदण्ड अनुसार नै आइसोलेशन सेन्टर निमार्ण गरी व्यवस्थित ढङ्गले सञ्चालनमा रहेको मन्त्री बरालले बताउनुभयो ।

उहाँले सल्लाहसुझावका साथै आइसोलेशन सेन्टरलाई थप व्यवस्थापनका लागि निरन्तारता दिँदै प्रदेशबाट हुने सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । यसरी जिल्लामै विजयनगर गाउँपालिकाकाले उत्कृष्ट आइसोलेशन सेन्टर सञ्चालन गरेको भन्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा लगायत सम्पूर्णलाई धन्यवाद दिनुभयोे । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, डब्लु.एच.ओका प्रतिनिधि, सहितको टोलीले जिल्लाको विभिन्न पालिकाको आइसोलेशन सेन्टर अनुगमनको क्रममा विजयनगरमा आएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *