सबै जना लाइ नमस्कार।
बिहानै उठेर सामाजिक संजाल खोलियो धेरै किसिम का समाचार हरु देखे, एसो आँखा बन्द गरेर बसेको धेरै कुरा हरु मन मा उब्जिए। कतै आत्म हत्या, कतै जातिय विभेद मा लडाई , कतै बलात्कार , कतै आफ्नै घर का परिवार को हत्या। एक पटक सबै ले शान्त मन ले सोचौ त यो खास के कारण ले भैराखेको छ ? कसैले समाज लाइ दोष , कसैले जात भात लाइ दोष ,कसैले नीति नियम को दोष देखाएको देखी राख्दा मेरो मन मा एउटा प्रश्न घुमिराखेको छ। कुनै पनि मानिस ले कुनै निर्णय लिनु मा सबै भन्दा पहिले त्यो सोच आउने भनेको आफ्नो दिमाग मा हो। मानिस को जब सम्म दिमाग मा कन्ट्रोल हुदैन तब सम्म येस्ता अमानबिय घटना हरु भै राख्छन जस्तो मलाई लाग्छ। सबै मानिस को दिमाग मा एउटा मानव अनि अर्को दानव पक्ष्य हुन्छ, सरल भाषा मा भन्नु पर्दा कुनै पनि खराब निर्णय लिनु मा सकारात्मक दिमाग लाइ नकारात्मक दिमाग ले जितेको हुनु पर्छ यो भन्दा अरु कुनै कारण नै हुदैन।
अब कुरा आयो यो सब को समाधान कसरि गर्ने किन एस्तो भैराखेको छ समाज अनि देश विदेश मा ?सबै को सोच एउतै नहुन सक्छ तर मैले बुझेको एउटा सानो कुरा जसले ठुलो काम नि गर्न सक्छ, हामि जति पनि सानो देखि हुर्किदै आउदा घर,समाज ,बिद्यालय मा के सिकेउ भन्ने कुरा मा भर पर्छ, हामीलाई सब ले आफ्नो शरीर कसरि सफा राख्ने , के खाने , खान लाउन को लागि पैसा कसरि कमाउने , सुखी जीवन कसरि जिउने अनि आफ्नो आँखा ले बाहिरि वातावरण लाइ कसरि बुझ्ने भन्ने तर्फ मात्र ध्यान दिन लगाइयो। तर कसैले पनि आँखा बन्द गरेर १०-२० मिनट दिन मा आफ्नो मन शान्त गर्ने उपाए सिकायेना, दिमाग मा खेली रहेका नकारात्मक सोच लाइ कसरि आफुले कन्ट्रोल गर्ने भन्ने कुरा कसैले सिकायेना, जब सम्म हामि बाहिरी वातावरण लाइ मात्र ध्यान दिन्छौ तब सम्म हामीले आफ्नो दिमाग कसरि कन्ट्रोल गर्ने भन्ने कुरा जति नै पढे पनि जति नै उमेर ढल्दै गए नि बुझ्न सिकिदैन। एउटा सानो उदाहरण आफ्नो शरीर सफा राख्न हामि दिन दुइ दिन बिराएर साबुन पानि ले नुहाउछौ अब मान्नुस तेइ शरीर तपाई ले १ महिना सरसफाई गर्नु भएन भने के हालत हुन्छ ? हो तेस्तै कहिले हामीले सोचेका छौ ? आफ्नो भित्रि आत्मा अनि सकारात्मक सोच उब्जिने दिमाग लाइ नि बेला बेला मा सफा गर्न जरुरत हुन्छ भन्ने कुरा ? अब यसलाई जरो देखि कन्ट्रोल गर्न को लागि निम्न कुरा हरु मा सरकार, समाज अनि घर परिवार सबै ले ध्यान पुराउन जरुरि छ।
१) सानो उमेर देखि बालबालिका लाइ बाहिरि वातावरण संग संगै आफ्नो मन लाइ बुझ्न सिकाउनु पर्यो। २) प्रतेक घर परिवार ले आफ्नो बालबालिका लाइ बिहान साझ ३०-३० मिनट भएनी आँखा बन्द गरेर सरल तरिका ले ध्यान गर्न लगाउनु पर्यो। ३) सरकार ले प्रतेक बिद्यालय अनि पाठ्य पुस्तिका मा भौतिक चिज संग संगै आध्यात्मिक तर्फ उन्मुख गराउने पाठ्य बस्तु समावेस गर्नु पर्यो। ४) धन, सम्पति विलासी जीवन भन्दा सरल र सुखी अनि आध्यात्मिक जीवन को लागि बालबालिका लाइ प्रेरित गर्नु पर्यो।
५) जात जाति , धर्म , लिङ्ग भन्दा पनि बालबालिका लाइ मनबता सम्बन्धि पाठ पढाउनु पर्यो।
यो सब कुरा अहिले को पिढी लाइ सिकाउन सकियो भने आउने पिढी बाट केहि परिबर्तन आउन सक्छ, सिंगो समाज अनि देश परिबर्तन हुन धेरै समय लाग्छ तर सुरुवात गर्न जरुरि छ , तपाई हरु अहिले जुन इस्थिती मा हुनु हुन्छ एक पटक महसुस गर्नु सबै समस्या, दुख के कारण ले भैराखेको छ भन्दा हाम्रो सानै देखि को सस्कार अनि दिमाग को खेल ले, जसलाई कन्ट्रोल गर्ने एउटा मात्र उपाए हो आध्यात्मिक तर्फ जनचेतना। हैन भने एक न एक दिन संसार यस्तै नकारात्मक सोच अनि Human Intelligence ले भित्राएका भौतिक सुख अनि सम्बृदीले धोस्त हुनेछ भन्ने कुरा मा कुनै संखा छैन। देशकै ठुला बडा नेता हरु, ब्यापारी हरु लाइ नि पैसा र पावर भन्दा पर गएर सोच्ने सक्ति हुन्थ्यो भने तेरो मेरो अनि देश समस्या मा पर्दा नि राजनीतिक फोहोरो खेल गर्ने सोच आउने थिएन होला। कुनै देश को देश संग लडाई हुने थिएन होला ,यो सब मानव जाति को बिकाश अनि आध्यात्मिक बाट पर पर जानु को परिणाम हो। सबै ले एक पटक मनन गर्नु होला अनि कोइ मित्र लाइ राम्रो लाग्यो भने अंग्रेजी भाषा मा अनुबाद गरेर सबै सामु पुराउनु होला। धन्यबाद।
गणेश कुँवर
भैरहवा
Views: 0