कपिलवस्तुमा रुकुम र रुपन्देही घटनाको विराेध

२०७७ जेष्ठ १९, सोमबार ०९:२० गते २०७७ जेष्ठ १९, सोमबार ०९:२० गते २०७७ जेष्ठ १९, सोमबार ०९:२० गते

तौलिहवा |रुकुम र रुपन्देहीको घटनाका दोषीलाई कारवाहीको माग गर्दै कपिलवस्तुका दलित अधिकारकर्मीले तौलिहवामा शान्तिपुर्ण जुलुस गरि ज्ञापनपत्र बुझाएका छन । कोरोना संक्रमणका कारण गरिएको लकडाउनलाई प्रभाव नपार्ने गरि सामाजिक दुरी कायम गर्दै प्रशासन चोकमा जुलुस गरि दलित अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन ।प्रदेशसभा सदस्य माला गोतामे, दलित अगुवा मिना परियार, माया नेपाली, रामदेव पासी लगायतले प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । अधिकारकर्मीको टोलीले रुकुमका नवराज बिक सहितको हत्या र तथा रुपन्देहीकी अंगिरा पासीको करणी पश्चातको हत्याको घटनामा संलग्नहरुलाई हदै सम्मको कारवाहीको माग गर्दै १० बुदे ज्ञापनपत्र बुझाईएको हो ।

दलित अधिकारकर्मी, मानव अधिकारकर्मी र नागरिक समाजको अगुवाईमा दिईएको ज्ञापनपत्रमा घटना छानबिनका लागी उच्चस्तरीय आयोग वा समिति गठन, घटनामा संलग्नलाई कानुनी कारवाही, पिडितलाई सुरक्षा र राहत, रुकुम घटनामा मृत्यु भएका पाँच जनालाई साँस्कृतिक शहिद घोषणा, बेपत्ताको खोजी र घाईतेको उपचार, प्रत्यक मृतकका परिवारलाई १० लाख दरले क्षतिपुर्ति, घटना दोहरिन नदिन बिषेश योजना लागु गर्नु पर्ने र सुरक्षा निकायले प्रभावमा नपरी आवश्यक कारवाहीको बातावरण बन्नु पर्ने माग गरिएको छ । ज्ञापनपत्र बुझदै प्रजिअ पौडेलले घटनाका दोषीलाई कारवाही हुनु पर्ने र आफुले ज्ञापनपत्र सम्बन्धित निकायमा प्रेषित गर्ने प्रतिबद्धता जनाए । दलित समुदाय माथी भएका दुबै घटनाका बिरुद्ध न्यायका लागी आफुहरुले शान्तिपुर्ण प्रदर्शन तथा ज्ञापनपत्र बुझाएको अधिकारकर्मी मिना परियारले बताईन । जातिय बिभेदलाई आधार बनाई घटाईएका यस्ता घटनालाई निरुत्साहित पार्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष रामशरन रैदासले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *