दलित माथि मेयरको दादागिरी

२०७७ जेष्ठ १९, सोमबार १०:५० गते २०७७ जेष्ठ १९, सोमबार १०:५० गते २०७७ जेष्ठ १९, सोमबार १०:५० गते

महोत्तरी । जेठ १९, ललन मण्डल – भंगहा नगरपालिकाका मेयर संजीव साहले आफ्नो कर्याकर्ता द्वारा राहत माग्न गएका स्थानीय दलित समुदायलाई कुटपिट गराएका स्थानीयले आरोप लगाएका छन l लामो लकडाउनको कारण एक छाक खान धौ धौ परेका दलित समुदायलाई उनका भाई बिनोद साह र मेयर नजिकका कर्याकर्ताहरु मिलेर कुटपिट गरेका हुन l भंगहा नगरपालिका-३ निवासी राम पृत सदा (मुसहर) का अनुसार पहिलो चरणको राहत वितरणमा हामीलाई ८ किलो चामल , तीन पाउँ दाल , १ लिटर खाने तेल, १ किलो नुन दिएको र त्यतिले हाम्रो दैनिकी नचलेको भन्दै हामीलाई थप चामल, दाल, खाने तेल, नुन दिनु भनेर गुहार्न जादाँ मेयर र उनका भाई बिनोद साहले आफुहरुलाई कुटेर पठाएको बताए ।
भंगहा नगरपालिकाका मेयर संजिव साहले भने नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताहरुले म लगायत मेरो पार्टीलाई बदनाम गर्न झुठा आरोप लगाएको बताउछन ।
आफैले मात्र दिएर बिजयी बनाएको मेयरको चाला देखेर स्थानीयबासी चिन्तित र आतंकित बनेका छन l यहाँ रजिया देवी सदाको बेग्लै पिडा छ तीन दिन देखि रजिया देवी सदाको छोरा र नाति मठीयानी बोर्डरमा आएर बसेका छन् । रजियादेबिले नगरपालिकामा पुगी मेयरसंग बोर्डरमा फसेका आफ्ना छोरा र नातिको आवश्यक कागजात बनाई दिन मेयरसंग आग्रह गर्दा मेयरले जसले बढी राहत दिन्छ भनेर भनेको छ उसैसंग कागजात बनाउन भनेपछि रजिया देबीका परिवार र स्थानीय मुसहर समुदायहरु थप आफतमा परेका छन l

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *