क्वारेन्टाइनमा बसेकामा अनियेमता : राती क्वारेन्टाइनमा, दिउँसो काफल खान जंगलमा

२०७७ जेष्ठ १९, सोमबार १५:०९ गते २०७७ जेष्ठ १९, सोमबार १५:०९ गते २०७७ जेष्ठ १९, सोमबार १५:०९ गते

बैतडी । अहिले बैतडी जिल्लामा ५ हजार बढि ब्यक्तिहरु क्वारेन्टाइनमा बसिरहेकाछ न् । उनिहरु मध्ये धेरै ब्यक्ति इमान्दार भएपनि केहिलाई सम्हाल्न भने निकै गा¥हो छ । गएको बिहिबार पाटन ६ की एक महिला झाक्रीँ हुँ भन्दै क्वारेन्टाइनबाटै काम्दै गाउँ घुमिन्, ‘म सबैलाई बचाउछँु भन्दै दैडिन्’, उनलाई नियन्त्रणमा लिई पुनः क्वारेन्टाइनमा राखियो । यो कुरालाई जिल्ला स्थित सरोकारवालाहरुले गम्भीर रुपमा लिई यस्ता गतिबिधि गर्नेलाई घर भन्दा टाढाको क्वारेन्टाइनमा सरुवा गर्ने जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए ।

बिभिन्न ठाउँका क्वारेटाइनमा बसेकाहरु दिनमा काफल खान जंगल जाने गरेको गुनासो आएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोसी बताउछन् । ‘दिनभर घरपरिवार संग बसेर काम गर्ने अनि साझपख परिवार सहित क्वारेन्टाइनमा बस्न जाने गुनासो आइरहेको छ ।’ प्रजिअ जोशीले भने । जुवातास खेल्ने जस्ता गतिबिधिहरु क्वारेन्टाइनमा बसेकाहरुबाट भैरहेको समेत गुनासो आएको उनले बताए । ‘जबसम्म क्वारेन्टाइनको महत्व सबैले बुझ्दैनन्, लकडाउन केहो? कस्का लागी किन गरिएको हो ? यो कुरा बुझ्दैनन् तब सम्म समस्याहरु आउछ’ जोशीको भनाई थियो ।

क्वारेन्टाइनमा बसेका मध्ये कतिपयले सारेकारवालाहरुको कुरा नसुन्ने गरेको दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिक्रमबहादुर चन्द बताउछन् । ‘बिदेशबाट आएका दाजुभाइहरुलाई कोरोना भाइरसको त्रास महसुस नभएको देखिन्छ । धेरै ब्यक्तिहरु क्वारेन्टाइनमा जुवातास खेलेर दिन बिताइरहेका छन् । सामाजिक दुरीको कुनै मतलब गरिएको छैन्, यसबारे जनचेतना फैलाउनु जरुरी छ ।’ उनले भने ।’ कतिपय ठाउँमा वडाअध्यक्षको पाट्रि भन्दा बिपक्षका ब्यक्तिले उक्साइदिने गरेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताइन् । अर्को क्वारेन्टाइनमा भत्ता बाढ्दैछन्, राम्रो खानेकुरा दिएका छन्, मासुभात खुवाएका छन् भनेर उक्साउने गरेको उनले बताइन् ।बैतडी जिल्लालाई रेडजोनमा राखि सर्तकता अपनाइए पनि स्थानियबासिको लापरबाहिका कारण कोरोना भाइरसको अति उच्च जोखीम रहेको पत्रकार बसन्त बिष्टले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *