बुद्धभूमीकोे ईमिलियामा पनि दबाबमुलक कार्यक्रम सम्पन्न

२०७७ जेष्ठ २०, मंगलवार १४:१० गते २०७७ जेष्ठ २०, मंगलवार १४:१० गते २०७७ जेष्ठ २०, मंगलवार १४:१० गते

प्रदेश ५ सम्बाददाता/अमर वि क ,कपिलवस्तु – आज रुकुम पश्चिम जिल्लाको चौरजहारीको घटनालाई लिएर दबाबमूलक कार्यक्रम र्याली सहित ईमिलियाको डुमरा हुदै कोणसभामा परिणत भई दिपप्रज्वलन सहित कार्यक्रम बुद्धभूमी नगरपालिकाको ईमिलियामा सम्पन्न भएको हो । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं ८ सोती निवासी सुस्मा मल्ल संगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सन्र्दभमा यहि २०७७ साल जेष्ठ १० गते शनिवारको दिनमा स्थानिय गाउँलेहरुको सामुहिक आक्रमणबाट जाजरकोट भेरी नगरपालिका वटा नं ४ राना गाउँका नवराज विक ,टिकाराम विक,गणेश बुढामगर,लोकेन्द्र सुनार,सञ्जु विक को विभत्स हत्या तथा १ जना गोविन्द्र शाही अझै बेपत्ता पारिएको सिङ्गो घटनालाई मध्यनगर गर्दै पिडितलाई न्याय र दोषिलाई नेपालको कानुन अनुसार कडा भन्दा कडा कार्र्बाहीको जोडदार माग गर्दै उक्त कार्यक्रम संचालन गरिएको हो । दलित जागृति सेवा समाजको आयोजनामा संचालन भएको कार्यक्रमको अध्यक्षता दलित अधिकारकर्मी प्रविण विक ले गर्नु भएको थियो भने प्रमुख अतिथि मानवअधिकार कर्मी कृष्ण खनाल, वडा सदस्य जालमाया विक, बुद्धभूमी नगरपालिका वडा नं ९ कि वडा सचिव पार्वती पन्थी, पत्रकार चिन्ता परियार समाजसेवी चुडामणि पोखरेल शिक्षक दुर्गा वि क संगै कार्यक्रमको मूख्य लिडको जिम्मेवारीमा सुस्मा विक र लक्ष्मी परियार तथा विभिन्न संघसस्था, लगाएत स्थानियको सहभागिता रहेको कार्यक्रमको संचालन अनिल अधिकारीले गर्नु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मानवअधिकार कर्मी कृष्ण खनालले यो घटनालाई जति निन्दा खेद प्रकट गरेपनि कम हुनुको साथै घटना कम गर्नु छोडेर विभिन्न सामाजिक संजालमा तथा केही व्यक्तिहरुले राजतिनिकरण गराई घटना मोड्ने खालका क्रियाकलामा मानव समुदायको लागि घात भएको बताउदै मानिसको बाच्न पाउने अधिकारको सुनिश्चितका लागि पिडितलाई न्याय र दोषिलाई नेपालको कानुन अनुसार कडा भन्दा कडा कार्र्बाहीको जोडदार माग गर्नु भएको छ । अब आउदो पुस्ताले यस्तो विभेद नगर्ने कुरा नवराज र सुस्मा को प्रेम सम्बन्ध बाट र नवराज संगै ज्यान गुमाउने अन्य गैरदलित साथिहरु बाट प्रष्ट भएको बताउदै न्याय दिलाउने कुरामा नचुक्ने तथा न्याय नपाए सम्म यस्तो दबाब मुलक कार्यक्रम निरन्तर गर्ने खनाल बताउनु भयो । मृत आत्माको चीर शान्तीको कामना सहित बेपत्तालाई खोजीको माग गर्दे पत्रकार चिन्ता परियारले यो घटना यो सवाल एउटा दलित समूदायको मात्र नभएर मानव समुदायकोकोे सवाल भएको र यसमा सबैजनाले हातेमालो गरेर अगाडी बढ्नु पर्ने तथा यो सडकमा भएको कुरालाई सदन सम्म पुगाई सुतेको सरकार संग जोडदार माग गर्दै कपिलवस्तुमा अहिले सम्म भएको सम्पूर्ण दबाबमूलक कार्यक्रम मध्ये यो कार्यक्रम एकदमै समावेशी भएको जानकारी दिदै यो घटनाको सत्यतथ्य घटनाको जानकारीका लागि आजै पश्चिम रुकुममा जाने बताउनु भयो । यो अमानवीय र बर्बरतापूर्ण घटनाको निन्दा गर्दै यो दलितको मात्र कार्यक्रम मात्र नभई यो मानव समुदायको लागि गरिएको तथा जातिय संगै वर्गीय घटना र यो घटना निर्मला हत्या काण्ड जस्तो नबनाई समयमा छानबिन भई दोषिले कडा भन्दा कडा कार्बाहीको सरकार संग माग गदै कार्यक्रम समापन दलित अधिकारकर्मी प्रविण विक ले गर्नु भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *