बिभेद र हत्या करिब करीब उस्तै तर प्रतिकृया फरक

२०७७ जेष्ठ २१, बुधबार १२:५९ गते २०७७ जेष्ठ २१, बुधबार १२:५९ गते २०७७ जेष्ठ २१, बुधबार १२:५९ गते

अमेरिकामा २० डलरको चुरोटको लागि नक्कली payment गरेको आरोपमा अस्वेत (Black) नागरिक George floyd हिरासतमा लिइए र श्वेत (White) प्रहरीद्वारा मारिए । यो घटनामा सम्पूर्ण अमेरिकनहरु एक भएर आन्दोलनमा होमिए , आन्दोलन गर्नेमा अस्वेत (Black) भन्दा धेरै श्वेत (White)हरु नै थिए , कतिपय सुरक्षाकर्मिहरुले पनि यो आन्दोलनलाई साथ दिए , कतिले आफ्नो साथीको गल्तिमा घुडा टेकेर आन्दोलनकारीहरुसँग माफि मागे , ईतिहासमा पहिलोचोटी White house को बत्ती निभाएर black Out गर्नुपर्ने र राष्ट्रपती स्वयम बंकरमा लुक्नु पर्ने अवस्था आयो । यही घटना नेपालमा घटेको भए अवस्था फरक हुन्थ्यो । आधी भन्दा बढी पढेलेखेका भनिएका जमात नक्कली Payment गर्नु George कै गल्ती थियो भन्दै उफ्रन्थे , केही जमात अस्वेत (Black)George को ठाउँमा श्वेत(White) कोही अर्को मान्छे भएको भए पनि मारिन्थ्यो भन्दै उफ्रन्थे , कोही कालोलाई कालो भन्दा के को भेदभाब हामी गोरोलाई गोरो भन्दा त रिसाउदैनौ त भन्दै उफ्रन्थे । समग्रमा हत्याजस्तो जघन्य अपराधलाई पनि सही साबित गर्न खोज्दै आफ्नो बालकपन देखी गढेको बिभेद्पूर्ण, अपराधीक सोचलाई छताछुल्ल पार्थे र आफुलाई पढेलेखेको अशिक्षित प्रमाणित गरेरै छोड्थे । हत्या लगायत बिभिन्न अपराधलाई अनेक तर्क कुतर्क लगाएर सही साबित गर्न खोज्ने हो भने विश्वका ९५ % हत्या लगायत बिभिन्न्न अपराधहरु सही लाग्छन । So No More Excuse !
आफु पनि मान्छे बनौ , अरुलाई पनि मान्छे सोचौ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *