कृष्णनगर, जेष्ठ २१ – कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका ले किसान का लागी १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ । कृष्णनगर नगरपालिका बहादुरगंज मा रहेको राम गोरखा मा. वि. मा उक्त विउ वितरण भइ रहेको छ । किसान को विउ छर्ने बेला रहेका ले उक्त धान वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका कृषि अधिकृत सुदिप प्रताप मौर्य ले जानकारी दिए । १८ क्विंटल हाइब्रिड धानको बिउ मा ६४४४ जुन १३५ दिन म तयार हुने ,us ३०५ जुन १२५-१३५ दिनमा तयार हुने र महिको कम्पनी को उपज धान १२० दिन मा तयार हुने खालको जात रहेको छ ।
कृषि समुह र किसान व्यक्तिगत मार्फत उक्त विउ वितरण गरिने कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरी ले जानकारी दिए । किसान को पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण गर्न लागिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले बताउनु भयो ।
Views: 0