काठमाडौ, जेष्ठ २१ गते ।कलेज नेपालको प्रस्तुती रहेको ‘आज कलको लभ’को नयाँ अंक ‘१२७’ हिजो कलेज नेपालको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको थियो। सार्वजनिक भएको केहि घन्टा नबित्दै हजारौ लाईक आएको थियो भने करिब् ६५ हजार भन्दा बढीले हेरिसकेका थिए । कमेन्ट पनि निक्कै सकारात्मक आएको थियो । तर यति राम्रो सकारात्मक प्रतिक्रिया पाउदा पाउदैं सार्वजनिक भएको केहि समय न बित्दै भिडियो युटुब बाट हटाइएको छ।
भिडियो हटेसंगै दर्शकले किन हट्यो भन्दै प्रश्न गर्न थालेका छन । विषेश स्रोतका अनुसार वर्षा राउतका श्रीमानले बारम्बार कल गर्दै भिडियो हटाउन दबाब दिएपछि भिडियो हटाईएको हो । वर्षाको पछिल्लो सिमा सम्बन्धि विवादित तर्क दिएपछिको सेरोफेरोमा भिडियो निर्माण भएको थियो । व्यङ्गतात्मक शैलीमा तयार गरिएको भिडियोको अन्त्यमा वर्षाप्रति सकारात्मक सन्देश जाने गरि बनाइएपनि निरन्तरको दबाबका कारण भिडियो हटेको हो । भिडियो हटाएको विषयमा कलेज नेपालकै एक कलाकारलाई जान्न खोज्दा यो कलाकारको स्वतन्त्रतामाथि अन्याय भएको बताए । सन्तुलित हिसाबले बनाएको भिडियोलाई नै अकुंश लगाउने वर्षा र वर्षाको श्रीमान संजोगले व्यङ्गय गर्ने कलाकारको सिर्जनालाई नै अंकुश लगाएको बताए ।
कलेज नेपालले बिगत केहि बर्ष देखि नियमीत रुपमा वेव सिरिज निर्माण गर्दै आएको छ। कलेज नेपाल द्वारा निर्माण गरिने हरेक वेब सिरिजका लेखक,निर्देशक तथा सम्पादक हुन् जिबेश गुरुङ । हरेक हप्ता नयाँ नयाँ विषयबस्तुमा कथाहरु प्रस्तुत गरिने आजकालको लभमा वर्तमान घटनाक्रम र सामाजिक विकृति लागएतका बिषयबस्तुमा मनोरञ्जन सहितको संदेश मुलक शैलीमा कथाहरु प्रस्तुत गर्ने गरेका छन ।
Views: 0