लकडाउनका बेला अभिभावकलाई ‘मुर्गा’ बनाउँदै निजी विद्यालयहरू, धमाधम शुल्क लिन थाले

२०७७ जेष्ठ २२, बिहीबार ०९:०० गते २०७७ जेष्ठ २२, बिहीबार ०९:०० गते २०७७ जेष्ठ २२, बिहीबार ०९:०० गते

काठमाडौं, २२ जेठ : लकडाउनका कारण तीन महिनादेखि शैक्षिक संस्था बन्द भएको भएपनि निजी शैक्षिक संस्थाहरूले जबर्जस्ती मासिक शुल्क लिने तयारी गरेका छन् । सरकारले बन्द अबधिको शुल्क लिन नपाउने निर्णय गरेको भएपनि त्यसको ठाडै अबज्ञा गर्दै निजी विद्यालयहरूले मासिक शुल्क लिने तयारी गरेका हुन् ।केही समयदेखि अनलाइन कक्षाका नाममा दैनिक एक डेढ घण्टा मात्रै समय दिने गरेका शिक्षकहरूका लागि तलब दिनुपर्छ भन्दै निजी विद्यालयहरूले सरकारको निर्देशनलाई ठाडै अबज्ञा गर्न खोजेका छन् ।

बिभिन्न पार्टी आबद्ध व्याक्तिहरूले पनि ठूला निजी शैक्षिक संस्था र निजी अस्पताल संचालन गरेका कारण पनि सरकारको निर्देशनलाई अबज्ञा गर्ने, तोकिएभन्दा बढी शुल्क लिदै आएका छन् ।निजी शैक्षिक संस्थाहरूले केही दिनदेखि अभिभाबकसंग अनलाइन बैठक राख्ने दैनिक डेढ घण्टा मात्र समय दिएका शिक्षकहरूप्रति लक्षित गर्दै आफ्ना शिक्षकहरूले निकै मेहनत गरेका छन् त्यसैले तलब दिनुपर्छ तपाईहरूले पनि शुल्क दिनुपर्छ भनी दबाब दिने गरेको अभिभाबकहरूको गुनासो छ ।बुधबार मल्पीसिटी स्कुलकी प्रिन्सिपल अनिता मल्लले पनि अभिभाबकसंग अनलाइन बैठक गरी शिक्षकहरूले निकै मेहनत गरेको दाबी गर्दै भनेकि छिन्, ‘सरकारले जेसुकै निर्णय गरोस् वा सरकारको निर्णयसंग कुनै मतलब छैन तपाईहरूले शुल्क दिनुपर्छ ।’एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *