समाजवाद र नेपालको राजनीति -हरिश्चन्द्र जाेशी

२०७७ जेष्ठ २२, बिहीबार १७:१२ गते २०७७ जेष्ठ २२, बिहीबार १७:१२ गते २०७७ जेष्ठ २२, बिहीबार १७:१२ गते

हरिश्चन्द्र जाेशी। सबैले भन्ने गरेको समाजवाद एउटै हाे कि फरक समाजवाद एउटा यस्तो आर्थिक हो जँहा देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतया सरकारमा निहित हुन्छ जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आर्थिक राजनैतिक व्यवस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ । स्वामित्व भन्नाले वस्तुको उत्पादन नियन्त्रण र व्यवस्थापन आदि पर्दछन् । सामाजिक स्वामित्वका पनि विविध प्रकार हुन्छन । जस्तै – साझा स्वामीत्व , सहकारी प्रत्यक्ष सार्वजनिक स्वामित्व र राज्यद्वारा संचालित स्वतन्त्र संस्थान आदि । तर समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरुमा फरक फरक हुनसक्छ ।हाल विश्वमा समाजवादी व्यवस्था भएका राष्ट्रहरु, चीन , क्युवा,भियतनाम ,लाओस , उत्तरकोरिया हुन् जँहा कम्युनिष्ट पार्टीहरुको एकदलीय शासन छ    । उनीहरुले माक्र्सवाद – लेलिनवाद मान्दछन् र आफैलाई समाजवादी घोषणा गरेका हुन् ।

नेपालमा संविधानसभा बाट नयाँ संविधान बनेको छ र प्रस्तावनामा लोकतान्त्रिक समाजवादप्रतिको प्रतिवद्धता जाहेर गरिएको छ भने राज्यका नीति निर्देशक सिद्धान्तमा पनि समाजवाद उन्मुख राज्यको परिकल्पना गरिएको छ । यसरी हेर्दा नेपालमा समाजवादको आधार तय हुने प्रष्ट छ । नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादी छदै थियो तर अहिलेको वाम गठवन्धनमा रहेका दल ( माके र एमालेले ) पनि संयुक्त घोषणपत्रमा करिब १२ ठाउँमा समाजवाद उन्मुख भन्ने शब्दको प्रयोग गरी घोषणपत्र रंग्याएका थिए अथवा भनौ एमाले र माके पनि समाजवादी भएकाछन् । सिद्धान्तत : कम्युनिष्टहरु आफुलाई मात्र खाटी समाजवादी दावी गर्दछन् र यो कुरा एमाले – माकेमा पनि लागु हुन्छ तर अहिले फरक केछ भने उनीहरु घोषणपत्र मा र्फत पहिलो पटक समाजवाद तिर पाइला चाल्ने निष्कर्षमा पुग्यका थिए।

सन् १९५० को दशकमा जवाहरलाल नेतृत्वको भारतीय कम्युनिष्टहरु पनि समाजवादी नै भन्थे सन् १९९० अघिसम्म आफुलाई समाजवादी भन्नु विश्व राजनीतिको फेसन नै भै सकेको थियो । वर्मामा सैनिकशासन , इथोपिया र पूर्वी युरोपमा स्टालिन पन्थीहरु, बेलायतको लेवर पार्टी अमेरिकामा रिपब्लीकन र डेमोक्रयाट्स लगायत पनि आफुलाई समाजवादी कित्तामै राख्दथे ।ठिक त्यही अवस्था र विरोधाभाष नेपालमा पनि छ । यो विन्दुमा आइपुगेर वामपन्थी हरू पनि समाजवाद भन्ने र काँग्रेस पनि समाजवाद भन्ने । तर कुन समाजवाद कस्तो समाजवाद ? कसको समाजवाद? सबैले बुझेका र भन्ने गरेका समाजवाद योटै हुनकि फरक फरक हुन् । वहस आवश्यक छ । समाजवाद आफैमा लोकप्रिय शब्द हो । राजनीतिक फाइदा र भोटका लागि समेत अहिलेi समाजवादको खुबै प्रयोग हुँदैछ । समाजवाद संसारमा अनेकन रुप हुन् । कार्ल माक्र्स र एत्रोल्सले समाजवादलाई युरोपियन र वैज्ञानिक गरी २ भागमा बाडेका थिए । कम्युनिष्ट समाजवादको परिभाष यौटा यस्तो समाज व्यवस्था निर्माण गर्नु थियो । जसले साम्यवादका लागि संक्रमणकालिन समाजको आवश्यकता पुरा गर्नु थियो त्यसका तीन पक्ष थिए ।

  • १) वर्गले राज्य जन्माउने , वर्गको उत्पत्तिमा नीजि सम्पत्तिको भुमिका हुने हुँदा समाजवादको उद्देश्य निजी स्वामित्वलाई घटाउदै सार्वजनिक स्वामित्व बढाउदै लानु हो ।
  • २) बजार अर्थतन्त्रले अत्तिरिक्त मुल्य र मुनाफालाई अपरिहार्य प्रबर्गका रुपमा स्वीकार गर्ने हुँदा समाजवादको अर्का उद्देश्य बजार माथि नियन्त्रण कायम गर्दै राज्य निर्दैशित अर्थतन्त्र निर्माण गर्नु हो ।
  • ३) राजनितिक प्रणलीका रुपमा प्रतिनिधि मुलक लोकतन्त्र ले बुर्जुवा बर्चश्व स्थापित गर्ने हुँदा समाजवादको तेस्रो उद्देश्य सर्वहरा अधिनापकत्व सुनिश्चित गर्दै कम्युन प्रणालिमा आधारित राजनीतिक प्रणालि खडा गर्ने हो
  • यी तिन प्रकृयाबाट योग्यता अनुसारको काम र काम अनुसारको दाम प्राप्त गर्ने अवसर सबैलाई दिनु नै समाजवाद हो आज पनि चीन, उत्तरकोरिया, भियतमान , रक्युवा जस्ता देशले यही समाजवादको अभ्यास गरिरहेका छन् ।

यसै गरि समाजवादको अर्को धारा विकसीत भएर आएको छ जुन प्रजातान्त्रिक समाजवाद हो जुन भारतका नेहरु , लोहिया र नेपालमा विपी कोइराला आदिद्वारा प्रतिपादित छ । यी समाजवादीले कम्युनिष्ट समजवाद र प्रजातान्त्रिक समाजवादको आर्थिक निती खासै फरक नहुने तर राजनीतिक प्रणाली भने लोकतान्त्रिक हुने बताएका छन् । यो विचारधारामा लोकतन्त्र प्रकृया र समाजवाद उद्देश्य हुने गर्दछ । लोकतन्त्र बिना समाजवादको परिकल्पना गर्न असम्भव छ भनी यी विचारधारा विश्वास गर्दछ ।समाजवादको तेस्रो धारा फेवियत समाजबाट प्रभावित उदार समाजवाद हो । यसले बजारको जनमुखी नियमन र सहभागितमुलक लोकतन्त्रको वकालत गर्दछ । यो एक प्रकारको बजार समाजवाद हो ।

यसमा सर्वहाराको अधिनायकत्व, प्रतिनिधिमुलक लोकतन्त्रमा प्रकृयाको निर्मलीकरण र सहभागितामुलक लोकतन्त्रको पक्षपोषण गर्दछ । जे एस मिल , जोन डिवे यस धारका मुख्य प्रणेता हुन् । भन्न खोजिएको के भने आज समाजवादको कुरा गर्नेहरुले भन्न सक्नुपर्यो कस्तो समाजवाद? कुन समाजवाद? अर्मृत र अपरिभाषित समाजवाद तानाशाहीको आवरण बन्न सक्छ भन्ने यर्थाथ नेपाली सर्वसाधारणले बुझ्न अाबश्यक छ कम्युनिस्ट हरूले मान्दै अाएकाे समाजबाद ले देशमा दिन दिनै महगी बढ्दै गईरहेकाे छ सबसाधाणले दिन दिनै दुख पाईराखेका छन् तेसैले कम्युनिस्टहरू लाई समाजबाद के हाे सिकाउन अाबश्यक छ । नत्र देश अर्को दशक नयाँ प्रयोगशालामा होमिने निश्चित छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *