लकडाउन अवधिभरीको कर , बैंक व्याज तथा बिजुलीको बिल माफ गर्नुपर्ने भन्दै नेपाली काङ्ग्रेसद्वारा बिरोध प्रदर्शन

२०७७ जेष्ठ २४, शनिबार २०:४१ गते २०७७ जेष्ठ २४, शनिबार २०:४१ गते २०७७ जेष्ठ २४, शनिबार २०:४१ गते

वीरगन्ज, जेष्ठ २४ । प्रमुख प्रतिपक्षको भुमिकामा रहेको नेपाली काँग्रेसले कर मिनाहाको माग गर्दै आज वीरगन्जमा विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेस पर्सा क्षेत्र नं.१ ले लकडाउनमा जनतालाई सहुलियत दिनुपर्नेमा सरकारले उल्टै कर असुल्न जारी गरेको सूचनाको विरोधमा शनिबार दिउँसो १२ बजेदेखि १ बजेसम्म १ घण्टा वीरगन्जको आर्दशनगर चौकमा विरोध प्रर्दशन गरेको हो । विरोध प्रर्दशनमा सहभागि काँग्रेसका नेता कार्यकर्ताले लकडाउन अवधिभरीको कर, बैंक व्याज तथा बिजुलीको बिल माफ गर्नुपर्ने मागसहितको अंकित प्लेकार्ड लिएर प्रर्दशन गरेको हो ।

आर्दशनगर चौकमा समाजिक दुरी कायम गरी उनीहरुले सरकार विरुद्ध प्रर्दशन गरेका हुन् । विरोध कार्यक्रमको नेतृत्व गरीरहेको काँग्रेस पर्सा क्षेत्र नम्बर १ का अध्यक्ष बिजय सर्राफले लकडाउन अवधीभरको कर, बैंक ब्याज र विजुली विल माफ गर्नुपर्ने माग गरे । लकडाउनमा सम्पूर्ण व्यवसायी नै धरासायी भएको अवस्थामा छ उनले भने, यसबाट प्रभावितलाई सरकारले राहत दिनुपर्नेमा उल्टै कर बुझाउँन ताकेता गर्नु उचित छैन । कडाउन अवधीभरको कर, बैक व्याज र विजुली विल मिनाहा सहित जनताको समस्या यथाशिघ्र समाधान गर्नुपर्ने उनले माग गरे । अध्यक्ष सर्राफले भने, लकडाउनले गर्दा, व्यापारी, निजि व्यवसायी, आम जनता मर्कामा परेको हुनाले यथाशिघ्र समस्या समाधान हुनुपर्ने माँग गर्दै पहिलो चरण अन्तरर्गत विरोध प्रर्दशन गरिएको छ ।

यसमा सरकारले सच्याएन भने, थप दोश्रो चरणको विरोधको कार्यक्रम गरिने उनले बताए । विरोध प्रदर्शनमा सहभागीहरुले अर्थमन्त्री राजिनामा दे, जनता मार्न पाइँदैन, बिजुली शुल्क, नागरिकले तिर्नु पर्ने कर मिनाहा गर लगायतका नारा लगाएका थिए । सरकारले नागरिकका समस्यालाई यथाशिघ्र सम्बोधन नगरे कडा संघर्षमा उत्रने सहभागिहरुले चेतावनी दिएका छन । आर्दशनगरको मुख्य चौकमा काँग्रेसको प्रदर्शन भईरहेको बेला व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो । कोरोना महामारीको संक्रमण फैल्न नदिनको लागि समाजिक दुरीलाई व्यवस्थित बनाउँन वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुको नेतृत्वमा एसटिएफको टोली सहित उल्लेखनिय प्रहरी :परिचानल गरिएको थियो ।

विरोध कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापती अजय दुवेद्धी, पार्टीका युवा नेता एवं पूर्व सासद अनिल रुगंटा, क्षेत्र नम्बर ४ का क्षेत्रिय अध्यक्ष श्याम पटेल, नेवि संघका केन्द्रिय सदस्य एवं पार्टीका जिल्ला कोषाध्यक्ष ईम्तीयाज आलम, जि.पि.कोइराला फाउन्डेसनका अध्यक्ष महमद साबुदिन, सचिव धिरज गुप्ता,कोषाध्यक्ष मनोहर साह, ने.वि.सघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई अध्यक्ष मनोज कुमार साह ने.वि.संघका जिल्ला अध्यक्ष विकास तिवारी, पार्टीका नेता जगत प्रसाद कानु, हुकुम सिंह ,कालु सिंह , लालबाबु सिंह लगायतको सहभागिता रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *