डीभी चिठ्ठाको नतिजा प्रकाशन हुँदै, यसरी हेर्नुहोस् नतिजा

२०७७ जेष्ठ २४, शनिबार २०:५२ गते २०७७ जेष्ठ २४, शनिबार २०:५२ गते २०७७ जेष्ठ २४, शनिबार २०:५२ गते

काठमाडौं : डीभी चिट्ठाको नतिजा आज शनिबार प्रकाशन हुने भएको छ। अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार शनिबार राति ०९:४५ बजे प्रकाशन हुने अमेरिकी दूतावासले जनाएको छ ।त्यसका लागि कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvlottery.state.gov/ मा नतिजा हेर्न सकिने दूतावासले जानकारी दिएको छ।

नम्बर बिर्सनुभएको छ भने पनि https://www.facebook.com/nepal.usembassy/photos/a.109610579076010/2936186089751764/?type=3&theater मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जानकारी दिएको छ। ‘दूतावासले भनेको छ, ‘डीभीबारे फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछ ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ।’ अमेरिकामा रहेका नेपालीले ९७०३०९८८९३४२८ मा सम्पर्क गरी सोधपुछ गर्न सक्ने दूतावासको सूचनामा उल्लेख छ। दूतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *