पेशागत नृत्यकर्मी हरुका लागि नेपाल चलचित्र नृत्य संघ ले स्थापना गर्यो “कोरोना राहत कोष”

२०७७ जेष्ठ २४, शनिबार २१:५८ गते २०७७ जेष्ठ २४, शनिबार २१:५८ गते २०७७ जेष्ठ २४, शनिबार २१:५८ गते

बिश्व कोरोनाको महामारी ले आक्रान्त छ। कोरोना कै कारण देश LOCKDOWN भएको पनि करिब ३ महिना पुग्न लागिसक्यो। कोरोना कोलाहाल कै कारण सबै क्षेत्र,बर्ग,ब्यबसाय,तह र तप्का प्रभावित भइरहेको अबस्थामा पेशागत नृत्यकर्मी अझ भनौ चलचित्र का गितहरुमा पछाडी नृत्य गर्ने नृत्यकलाकारहरु कोहि भोकै नमरुन भन्ने हेतुले नेपाल चलचित्र नृत्य संघ ले “कोरोना ( COVID-19 ) राहत कोष” स्थापना गरेको छ। हामीले देशमा LOCKDOWN सुरु भएसङ्गै चलचित्र का गितहरुमा पछाडि नृत्य गर्ने कलाकार लाई मात्रै नभई म्युजिक भिडियो मा नृत्य गर्ने कलाकार देखि रेस्टुरेन्ट र क्यासिनो मा नृत्य गर्ने सम्म का नृत्य कलाकार भाइबहिनी हरुलाइ विभिन्न ब्याक्ती तथा संघ संस्थाहरुसँग समन्वय गरि राहत वितरण गर्दै आइरहेका छौ।

दिपेन्द्र तिमल्सिना (सचिब) नेपाल चलचित्र नृत्य संघ।

तर बिडम्बना ठूलो पर्दामा लाखौ पारिश्रमिक लिएर आफुलाइ स्टार को दर्जामा राख्नुहुने जो कोहि नायक/नायिका ज्युहरु १/२ जना बाहेक आफ्ना पछाडी नृत्य गर्ने भाइबहिनी हरु लाई सहयोग गर्न अगाडि आउनु भएको देखिन्न। एउटा सिमित पारिश्रमिक लिएर चलचित्र का गितहरुमा नृत्य गर्दै नायक नायिकाको सुन्दरतामा रङ्ग भर्ने र दृश्य लाई प्राण भर्ने नृत्य कर्मिहरु अहिले कस्तो अबस्थामा होलान् कल्पना गरु त ! यस्तो भयावह अबस्थामा मानवीय नाताले र सहकर्मी का हिसाबले पनि नृत्यकर्मिहर्लाइ मनैदेखी सहयोग गर्नु हुन बिश्वभर छरिएर रहनु भएका समस्त नेपाली चलचित्र प्रेमी दाजुभाइ तथा दिदिबहिनी लगाएत नेपाली चलचित्र क्षेत्र सँग सम्बन्धित सम्पुर्ण संघ-संस्था,पेशागत चलचित्र कर्मिज्युहरु,निर्माताज्युहरु,निर्देशकज्युहरु,नब तथा वरिष्ठ कलाकार ज्युहरु,नायक नायिका ज्युहरु,छाँयाकारज्युहरु,द्वन्द्व निर्देशकज्युहरु,नृत्य निर्देशक ज्युहरुलाई जतिसक्दो नृत्यकर्मिहरुको राहतका लागि स्थापित “राहत कोष” मा राहत प्रदान गरि सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछौ। सरकारको मुख ताक्नु भनेको “आकाश को फल आँखा तरि मर” भने जस्तै हो। चलचित्र जगतमा निर्माता भनेका “आमा” हुन। तपाईंहरूले निर्माण गर्नुभएको चलचित्र को कुल लागत को १% मात्रै सहयोग गर्नुभयो भने पनि नृत्य कर्मी हरुका लागि यतिखेर अथाह हुन्छ। चलचित्र निर्माता,निर्देशक एबम नायक नायिका ज्यु हरुलाइ नृत्य कर्मी हरुका लागि राहत प्रदान गरिदिनुहुन बिशेष अपिल गर्दछौ। हामीले नगरे कसले गर्ने,अहिले नगरे कहिले गर्ने । आउनुस हामी सबै हातेमालो गरि यो मानवीय कार्यमा भोलि होइन,आज र अहिल्यै शुरूवात गरौ। (नोट : संघ को आधिकारिक खाता हुदाहुदै पनि हस्ताक्षर चल्ने पदाधिकारी ज्यु हरु कोरोना कारण गृह जिल्ला मा हुनु भएकोले संघ का केन्द्रिय सदस्य नवराज रिजाल को खाता न. 03100584cp (prime bank samakhusi branch) मा राहत बचत गर्ने निर्णय भएको हुँदा उक्त खाता न. मा इच्छूक महानुभाब हरुले राहत जम्मा गर्न सक्नुहुनेछ।) धन्यवाद ! जय नृत्य !!

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *