लकडाउन खुकुलो बनाउने सरकारको निर्णय : आजदेखि खुल्ने छन् यस्ता सेवा

२०७७ जेष्ठ २९, बिहीबार ०८:४६ गते २०७७ जेष्ठ २९, बिहीबार ०८:४६ गते २०७७ जेष्ठ २९, बिहीबार ०८:४६ गते

काठमाडौं : सरकारले चैत्र ११ गते बाट गरेको लकडाउनको ७८ दिनपछि खुकुलो बनाउने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले आजदेखि विभिन्न चरणमा लकडाउन खुकुलो गर्दै जाने भएको हो। पहिलो चरणमा २१ दिनमा २१ सेवा खुल्नेछन्।जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत छन्। तर, जोरबिजोर प्रणालीमा सवारी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुनेछ। लामो दुरीको यात्रामा रोक लगाइएको छ। लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउनेछन्। अबको २१ दिनपछि अर्को १५ दिनमा थप सेवा सञ्चालन गर्न दिइनेछ।त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन्। सरकारी कार्यालय असार १ बाट खुल्नेछन्। पहिलो चरणमा आधा कर्मचारी र दोस्रो चराणमा ७५ प्रतिशत र तेस्रो चरणमा सबै कर्मचारी राखी कार्यालय खुल्नेछन्।यी हुन् आजबाट खुल्ने सेवाहरु:

१. स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२. औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३. पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४. फोहोरमैला व्यवस्थापन
५. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६. बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७. सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८. कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९. उत्पादनशील उद्योग
१०. निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११. विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)
१२. निर्माण कार्य )निजीसमेत)
१३. नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४. रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५. क्वारेन्टिनका लागि तोकिएका होटल
१६. बिजुलीका सामान बिक्री र मर्मत
१७. विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८. पुस्तक पसल तथा स्टेसनरी
१९. सबै प्रकारका ढुवानी सेवा
२०. अत्यावश्यक सेवाका कार्यालय
२१. अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५) प्रतिशत कर्मचारी रहने गर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *