कपिलवस्तु विजयनगरका ९ जना कोरोना जितेर फर्किए घर

२०७७ जेष्ठ २९, बिहीबार २२:०० गते २०७७ जेष्ठ २९, बिहीबार २२:०० गते २०७७ जेष्ठ २९, बिहीबार २२:०० गते

राम प्रघट कोरी । जेष्ठ २९– विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकाका ९ जना कोरोना सङ्क्रमित उपचार पश्चात् बिहिवार घर फर्केका छन् । गाउँपालिकाको आर्युवेदिक अस्पताल परसोहियामा सञ्चालित आइसोलेशन सेन्टरमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षण पश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको जिल्ला अस्पतालका मे.सु डा. किशोर बन्जाडेको स्वास्थ्य परिक्षणपछि घरमै एक हप्ता बस्ने गरी डिस्चार्ज गर्नुभएको छ ।

विजयनगर गाउँपालिकाका बिहिवार (आज) ९ जना र यस अघि ३ जना र रुपन्देहीको भीम अस्पताल भैरहवाबाट १ जना गरी १३ जना र बुद्धभूमी नगरपालिकाका २ जना गरी १५ जना कोरोना संक्रमित निको भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभयो । विजयनगरको आइसोलेशन सेन्टरमा हाल १० जना कोरोना संक्रमित उपचाररत छन् ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराई र वडाध्यक्ष दिनेश कुमार चौधरीले निको भएका सबैलाई खादा ओढाउँदै बधाई दिनुभएको थियो । गाउँपालिका अध्यक्ष थापाले सबैलाई घरमै एक हप्तासम्म एकान्तवासमा सतर्कतापुर्वक बस्न अनुरोध गर्नुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *