विनयी त्रिवेणी गाउपालिका का ११ जना व्यवसायिक कृषकलाई हाते ट्रयाक्टर वितरण

२०७७ जेष्ठ ३०, शुक्रबार ०८:५२ गते २०७७ जेष्ठ ३०, शुक्रबार ०८:५२ गते २०७७ जेष्ठ ३०, शुक्रबार ०८:५२ गते

बसन्ती कंडेल | चोरमारा , २९ जेठ | नवलपुर जिल्लाको विनयी त्रिवेणी गाँउपालिकाले व्यवसायिक कृषकलाई हाते ट्याक्टर बितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन गाउपालिकाले ५० प्रतिशत लागतमा आज ११ जना व्यवसायिक कृषकहरुलाई हाते ट्याक्टर बितरण गरेको गाउपालिका कृषि प्राविधिक मनोज चापागांईले बताउनुभयो । गाउपालिकाको आर्थिक वर्ष ०७६,०७७ को वार्षिक स्वीकृत बजेट अनुसार ट्रयाक्टर खरिद गरि वितरण गरिएको चापागाईले बताउनुभयो।

श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएको कुरालाई मध्यनजर गर्दै विनयी त्रिवेणी गाँउपालिकाले पनि कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेको गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर जिसिको भनाई छ । गाँउपालिकाका अध्यक्ष जिसीले ट्याक्टर वितरण गर्दै कृषिलाई गाउपालिकाले प्राथमिकतामा राखेको बताउदै छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई यो ट्याक्टर महत्वपुर्ण हुने उल्लेख गर्नुभयो ।परम्परागत रुपमा गोरु जोतिने स्थानमा हाते ट्रयाक्टरको प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर ट्रयाक्टर वितरण गरेको उहाको भनाइ छ । गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकै नासले जोत्न सकिने पनि उहाले बताउनुभयो ।  ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *