सांसद गिरीको घरमा कालो झण्डा गाड्ने हेमराज थापा पक्राउ

२०७७ जेष्ठ ३०, शुक्रबार २०:१३ गते २०७७ जेष्ठ ३०, शुक्रबार २०:१३ गते २०७७ जेष्ठ ३०, शुक्रबार २०:१३ गते

काठमाडौं, ३० जेठ : समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा कालो झण्डा गाड्ने हेमराज थापा पक्राउ परेका छन् ।युवाहरुद्वारा बसन्तपुरमा भइरहेको शान्तिपूर्ण आन्दोलमा एक्यबद्धता जनाउन गएका थापालाई प्रहरीले अकस्मात् पक्राउ गरेको हो ।मंगलबार सांसद गिरीको घरमा कालो झण्डा गाड्ने क्रममा केही क्षति पुर्‍याएको आरोपमा प्रहरीले थापालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

उक्त घटनाको भिडियो बनाई युट्युबमा अपलोड गरेको र सो विषयमा सोधपुच्छ गर्ने क्रममा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।सासंद गिरीले लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको भन्दै नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । त्यसकै विरोधमा थापासहित केही अभियान्ताहरु गिरीको घरमा कालो झण्डा गाड्न पुगेका थिए ।  थापा विगत केही दिन देखि स्वतन्त्र राष्ट्रिय अभियान, परिवर्तनका लागि हाम्रो आवज लगायत अन्य दर्जनौ अभियानसँग एक्यबद्धता जनाउँदै, एमसीसी र नेपालको कालापानी लिम्पुलेक फिर्ता गर भन्दै आन्दोलमा उत्रिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *