कृष्णनगरको आइसोलेशन बेडबाट थप २४ जना कोरोना जितेर घर फर्किए

२०७७ जेष्ठ ३१, शनिबार २०:३४ गते २०७७ जेष्ठ ३१, शनिबार २०:३४ गते २०७७ जेष्ठ ३१, शनिबार २०:३४ गते

भोला गुप्ता | जेष्ठ ३१– कृष्णनगर| कपिलवस्तुको कृष्णनगर नगरपालिकाका थप २४ जना कोरोना सङ्क्रमित उपचार पश्चात् शनिवार घर फर्केका छन् । कृष्णनगरमा सञ्चालित आइसोलेशन सेन्टरमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षण पश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको स्वास्थ्य शाखाका सह–संयोजक अनिल कुमार विश्वकर्माले जानकारी दिनुभयो । कृष्णनगरको आइसोलेशन सेन्टरमा हाल १७ जना कोरोना संक्रमित उपचार गराईरहेको विश्वकर्माले बताउनुभयो । गरपालिका प्रमुख रजत प्रताप शाहले निको भएका सबैलाई खादा ओढाउँदै बधाई दिनुभएको थियो । नगरपालिका प्रमुख शाहले सबैलाई घरमै एक हप्तासम्म एकान्तवासमा सतर्कतापुर्वक बस्न अनुरोध गर्दै बिदाई गर्नुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *