बिरगंज , जेष्ठ ३१ गते शनिबार । नेपाली काङ्ग्रेसका भातृसंगठन नेबि संघले शनिबार ३ तहको सरकारको विरुद्ध बिरगंजमा प्रदर्सन गरेका थिए ।नेबिसंघ र ईकाई कमिटीको सन्युक्त नेतुत्वमा बिरगंजमा भएको प्रदर्शन गर्ने क्रममा ६ जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको नेबि संघले जनाएको छ । शान्तीपुर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरि नेबिसंघका जिल्ला सभापति बिकाश तिवारी , ठाकुर राम ईकाई सभापति मनोज साह , जिल्ला उपाध्यक्ष शेष हजरा , सहसचिव श्याम नरेश यादव , पुर्व सदस्य अभय कर्ण, श्याम गुप्ता पक्राउ परेका छन ।
बिरगंजको महाबिर स्थान चोकबाट सुरु भएको प्रदर्शन घन्टाघर चोकमा पुगि टुङ्गिएको थियो । प्रदर्शन गर्ने क्रममा विद्यार्थीहरुले सर्वसाधारणको घरभाडा मिनाह गर, बैंकको व्याज मिनाहा गर , कर मिनाहा गर , विद्युत महशुल माफ गर , कर के का लागी , सरकार खै ? १० अर्बको हिसाब लेखिएको प्लेकार्ड सहित नेबिसंघ प्रदर्शनमा उत्रिएको थियो । त्यसै गरि विद्यार्थीहरुले प्रदर्शन गर्ने क्रममा प्रधानमन्त्री केपि शर्मा ओलि र प्रदेश न.२ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरि लाठीचार्ज गर्दा दर्जनौं विद्यार्थी घाइते भएका छन ।
Views: 0