रचनाकार सुरेन्द्र थपलियाको “मेरा बाबा मेरि आमा” गीतको छायांकन सप्पन्न ।

२०७७ जेष्ठ ३२, आईतवार १७:०६ गते २०७७ जेष्ठ ३२, आईतवार १७:०६ गते २०७७ जेष्ठ ३२, आईतवार १७:०६ गते
संगीतकार – नबराज मैनाली

काठमाडौं – आमा बाबा प्रति समर्पित गीत “मेरा बाबा मेरि आमा”को छायांकन शुक्रबार साम्पन्न भएको छ । गौरीशंकर छोरोल्पा मिडिया प्रा. ली. ले बनाएको उक्त छायाचित्रलाई प्रेम शर्माले निर्देशन गरेको छन् भने पेपे शर्मा पौडेलले छायांकन गर्नुभएको छ रचनाकार सुरेन्द्र थपलिया, जानकी बज्राचार्य बलराम कार्की, र बाल कलाकार बिक्रान्त कर्कीले अभिनय गरेका छन् । रज्जु गुरुङको सम्योजन्मा उक्त गीतको छायांकन गरियको हो, महिला अधिकारकर्मी,समाजसेवी समेत रहेकी मोडल जानकी बज्राचार्य च्छोरोल्पा टिभीको प्रबन्ध निर्देशक समेत रहेकी छिन ।।

सुरेन्द्र थपलियाले लेख्नुभएको यो गीतमा आफुलाई जन्म दिने आमा बाबा कस्ले भुल्न सक्ला र ? खुसीका फुलहरु आमा बुबा बाट टाढा रहेर कसरी फुल्लान ? जन्म दिने आमा बाबालाई भुलेर खुसी हुन प्राय असम्भव छ । नेपाली समाजमा धर्ती र आकाशको रुपमा आमा र बुबालाई लिईने कुरालाई विषय बस्तुको रुपमा प्रतुत गरेका गर्नुभएको छ । आफू रहे सम्म आमा बुबालाई भुल्न नसक्ने र आफू नरहे पनि आमा बुबाको सम्झना रहिरहोस भनेर यो गीत बनाएको यो गीतले सबै नेपालीको मन जित्नेछ भन्नेमा आफू विश्वस्त रहेको कुरा सुरेन्द्र थपलियाले व्यक्त गर्नु भयो । गौरीशंकर च्छोरोल्पा मिडिया प्रा लि द्वार संचालित च्छोरोल्पा टिभीको प्रस्तुति रहेको यो गीतमा पुरुषोतम सुवेदीको आवाजमा रहेको छ। गीतमा नवराज मैनालीले सङ्गीत दिएका छन् भने सङ्गीत संयोजन गायक पुरुषोत्तम सुवेदीकै रहेको छ । यो गीत सुरेन्द्र थपलियाको “स्मरण-२” नामक एल्बममा समाबेश हुनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *