५ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि विजयनगरमा ५४ जनाको पिसिआर स्वाब संकलन

२०७७ जेष्ठ ३२, आईतवार २१:१५ गते २०७७ जेष्ठ ३२, आईतवार २१:१५ गते २०७७ जेष्ठ ३२, आईतवार २१:१५ गते

राम प्रघट कोरी | जेष्ठ ३२ –विजयनगर | कपिलवस्तुको विजयनगर गाउँपालिकामा आइतवार ५४ जनाको पिसिआर स्वाब संकलन गरिएको छ । हिजो गाउँपालिकाको विभिन्न वडाका ५ जना व्यक्तिहरुमा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको कन्ट्रयक्ट ट्रेसिङ आएका र थप अन्य गरी ५४ जनाकोे पिसिआर स्वाब संकलन गरिएको हो ।  उनीहरुको स्वाब परिक्षणका लागि कोरोना परिक्षण अस्पताल दाङमा पठाईएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारी जानकारी दिनुभएको छ । हालसम्म विजयनगर गाउँपालिकामा २७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ भने १३ जना निको भएका छन् । अहिले १४ जनाको विजयनगरमा सञ्चालित आइसोलेशन सेन्टरमा उपचार भईरहेको छ । उनीहरुको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *