समस्यामा परेका अपाङ्गता व्यक्तिहरूलाई राहत सहयोग

२०७७ जेष्ठ ३२, आईतवार २१:३९ गते २०७७ जेष्ठ ३२, आईतवार २१:३९ गते २०७७ जेष्ठ ३२, आईतवार २१:३९ गते

काठमाडौंं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण जारी लकडाउनले सवै वर्गलाई समस्यामा पारेको छ। त्यसमाथि अपाङ्गता क्षेत्रमा अझ धेरै समस्या परेको छ। अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन निर्वाह गर्न आइपरेको समस्यालाई मध्यनजर गरेर काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर छ स्थित जोरपाटीमा अपाङ्गता भएका व्यक्ति विशेषहरुकै हात–हातमा राहत दिने कार्य भएको छ। युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठको आयोजनामा अपाङ्गता भएका ३० परिवारलाई राहत सहयोग भएको हो। स्थानीय बौद्ध स्थित भोलम युथ क्लबले देश–विदेशमा रहेका मनकारी दाताहरु मार्फत संकलत गरिएको सहयोग राहत सामाग्री सहित कतिपयलाई नगद पनि राहत सहयोग गरिएको थियो। वालुङ युथ क्लबका लोप्सन शेर्पाका अनुसार, लकडाउनमा दैनिक रुपमा निःशुल्क खाना खुवाउने लगायत विभिन्न स्थानमा यस्तैगरेर राहत दिने कार्य भएको छ।

आयोजक युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले आफ्नो संस्था मार्फत अपाङ्गता भएका ३ सयभन्दा बढी व्यक्ति विशेषहरुलाई स्वरोजगारमुलक मोवाइल रिपेरिङ, सिलाईबुनाई लगायतका तालिम दिएर रोजगारी प्रदान गरिसकेको बताएका छन्। काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनहरा नगरपालिकासंग समन्वय गरेर अपाङ्गहरुलाई स्वरोजगार पसल लगायतका विविध कार्यक्रम गर्दैआएको तथा यसवाट धेरैभन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरुले रोजगारी प्राप्त गरेको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिएका छन।् अध्यक्ष श्रेष्ठ स्वयम् अपाङ्गता भएको व्यक्ति तथा परिवार पनि अपाङ्गता भएको कारण एक अपाङ्गले अर्को अपाङ्गको कठिनाइ तथा मर्कालाई मध्यनजर गरेर यसप्रकारको सहयोग गर्ने कार्य भएवाट सवैले अत्यन्त राम्रो मानिदैआएको छ। सवैको साथ र सहयोगले अपाङ्गता क्षेत्रमा आफूले धेरै सेवात्मक रोजगारीमूलक कार्य गर्दैजाने पनि अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *