पश्चिम् नवलपरासीमा अबैध मालसामान पक्राउ

२०७७ असार १, सोमबार २१:१७ गते २०७७ असार १, सोमबार २१:१७ गते २०७७ असार १, सोमबार २१:१७ गते

उर्मिला यादव सुनवल| आषाढ १ |पश्चिम् नवलपरासीमा भारतिय सिमावर्ती एरियाबाट प्रहरीले दुई लाख चौरासी हजार चौरासी रुपैयाँ बराबरको अबैध कपडा तथा हाडवयरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको एक लाख पचास हजार आठ सय मूल्य बराबरको लेडिज कुर्ता सरवाल सरावल गाउपालिका वडा नं. ७ बुलन्दपुरबाट बरामद गरेको हो । त्यस्तै गरि सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउपालिका वडा नं. २ गोपालपुरबाट पनि एक लाख तेत्तिस हजार दुई सय चौरासी रुपैया बराबरको हाडवयरको सामान बरामद गरेको हो । उक्त बरामद सामान आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *