अधिकारीको सहयोग पछि तर्केश्वरको मच्चेखोला-हल्लेफाट सडककाे स्तरोन्नति

२०७७ असार २, मंगलवार १५:०४ गते २०७७ असार २, मंगलवार १५:०४ गते २०७७ असार २, मंगलवार १५:०४ गते

काठमाडौं, ३१ जेठ । नुवाकोटकाे तार्केश्वर गाउँपालिका वडा नम्बर ५ गोर्स्याङको मच्चेखोला -संखादेबी- हल्लेफाट ग्रामीण कृषि सडक स्तरोन्नतिको काम सुरु भएको छ । समाजसेवी एबम गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी (अविरल)ले डोजर लगायतको सम्पुर्ण खर्च बेहोर्ने प्रतिबद्धता व्यक्त गरेपछि आजैदेेेखि काम सुुुरु भएको हो ।

सडक स्तरोन्नतिको काम लामो समयदेखी रोकिदा स्थानीयले निकै सास्ती पाएको गुनासो पछि सो क्षेत्रको अबलोकन पश्चात् सहयोग गरेको अधिकारीले बताए । जनतालाइ सहयोग गर्ने यो अभियान जारी नै रहेको उनले बताए । सो सडक स्तरोन्नतिका लागि गाउँपालिका र वडा ५ कार्यालयले खासै चासो नदेखाएको स्थानीयको गुनासो छ । गाउँपालिकाले यसका लागि ९ लाख बजेट बिनियोजन गरि बिनियोजित रकमलाई समिति बनाएर सम्झौता गर्न भनि अन्तमा सम्झौता नगरी आफ्नालाई जिम्मेवारी दिन खोजेको स्थानीयको आरोप छ । विकासमा कार्यकर्ता पोस्ने र आफु मोटाउने जनप्रतिनिधिको सोचले गाउँ विकास कसरी सम्भब होला भन्ने प्रश्न खडा गरेको पनि उनले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *