भारतीय मिडियामा सांसद गिरी : भारतकै प्रशंसा (हेर्नुहोस भिडियोसहित)

२०७७ असार २, मंगलवार २०:५४ गते २०७७ असार २, मंगलवार २०:५४ गते २०७७ असार २, मंगलवार २०:५४ गते

काठमाडौं, २ असार : जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै उनले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको विवादास्पद अभिव्यक्ति दिएकी छिन् ।टिभीनाइन भारतवर्षलाई अन्तवार्ता दिँदै सांसद गिरीले चीनको कुनै न कुनै समूहबाट नेपाल उक्साहट भएर नयाँ नक्सा जारी गरेको बताएकी छिन् ।नयाँ नक्सा जारी गर्दा नेपाल सरकारले स्रोत र आधारबारे केही उल्लेख नगरेकाले आफूले आपत्ति जनाएको बताएकी उनले भारतसँगै चीनको सीमा समस्या समाधान गर्ने गरी नक्सा ल्याउनु पर्ने बताउँदा आफूलाई राष्ट्रविरोधीको रुपमा चित्रण गरिएको गुनासो गरेकी छिन् ।तराई मधेशका जनताले पहिचानका लागि १२ वर्षदेखि संघर्ष गर्दा पनि बेवास्ता गरेको भन्दै सांसद गिरीले मधेशी जनतालाई भारतीय एजेन्ट र जासूसको रुपमा सरकारले हेर्ने गरेको विवादास्पद भनाइ राखेकी छिन् ।

आफूले सरकारी विधेयकमाथि संशोधन प्रस्ताव हाल्दा आफ्नो घरमा आक्रमणभएको भन्दै उनले वार्ताबाट भागिरहेको भारतबाट नेपालको भूमि मिचिएकोबारेमा भने केही बताइनन् । बरु उनले नेपालको लोकतन्त्र र अर्थतन्त्र भारतले बचाउने भन्दै भारतकै प्रशंसा गरिन् ।नेपालले नक्सा जारी गर्दा भारतसँग नसोधेको भन्दै संसदमा विरोध जनाएपछि आलोचित बनेकी सांसद गिरी संविधान संशोधन विधेयक २०७७मा दर्ता गरेको संशोधन प्रस्ताव सदनले अस्वीकृत गरेपछि संसदबाट बाहिरिएर केही मिडियासँग आफ्नो अभिव्यक्ति राखेकी थिइन् ।उनको सांसद पद खारेज गर्न र उनलाई कारबाही गर्न आवाज उठिरहेका बेला फेरि उनले भारतीय मिडियासँग विवादास्पद अभिव्यक्ति दिएकी छिन् ।यो भिडियो पनि हेर्नुस् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *