रुकुम घटनाबारे प्रहरीको सत्य तथ्य प्रतिवेदन सार्वजनिक – गृह मन्त्रालय

२०७७ असार २, मंगलवार २१:०० गते २०७७ असार २, मंगलवार २१:०० गते २०७७ असार २, मंगलवार २१:०० गते

काठमाडौं, २ असार : रुकुम पश्चिम चौरजहारी सोतीमा घटेको ‘जातीय विभेद’का कारण भएको ६ जना युवाको ज्यान जाने गरी भएको घटना योजनावद्ध तरिकाले गरिएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । गृह मन्त्रालयले विज्ञप्तिमार्फत् घटनाको अनुसन्धानपछि यस्तो निष्कर्ष निकालेको हो ।गृहको प्रतिवेदनमा रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल समेतले लकडाउनको समयमा जाजरकोटबाट युवाहरु गाउँमा छिरेकाले नियन्त्रणमा लिनुपर्छ भन्ने बहानामा विभिन्न नम्बरमा सम्पर्क गरी गाउँलेहरुलाई एकीकृत गराएको उल्लेख छ ।गोईरी औलका व्यक्तिहरुलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको भनिएको छ । यतिसम्मकी प्रहरीलाई समेत गलत सूचना दिई गुमराहमा पारी अर्कोतर्फ पठाई ४ किलोमिटर टाढा गइसकेका युवकहरुलाई छेकी पिछा गर्दै लखेट्दै ढुं’गा, मु’ढा प्र’हार गरी नवराज विकसमेत छ जनाको परिस्थिति सिर्जना गरिएको गृहको प्रतिवेदनमा भनिएको छ ।

घटनामा ज्यानै मार्ने मनसायले सां’घातिक आ’क्रमण गरी ढुं’गा, मु’ढा, हँ’सिया, ला’ठी समेतले प्र’हार गरी लालबहादुर खड्का, भोला बिटालु, विभाग पुन, सरोज भडेल, मद शाही, इन्द्रजंग शाह, गोविन्द सुनार, आशिष विक, सुदिप खड्का, डिल्ली विक, महेश कार्की, सुनिल सुनारसमेतलाई घाइते बताएको निष्कर्ष निकालिएको छ ।घटनालाई ज’घन्य अ’पराध भन्दै विस्तृत छानविन तथा अनुसन्धान पश्चात कानुन बमोजिम दो’षीमाथि का’रबाही गर्न सरकार संवेदनशील रहेको गृह प्रवक्ता उमाकान्त अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।यसअघि छ जना युवाको ज्यान गएको सोती घटनामा ३४ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । रुकुम जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो।जेठ १० मा रुकुम पश्चिमको चौरजहारी ८ को सोती गाउँमा भएको घटनामा संलग्न भन्दै आरोपी ३३ जनालाई कर्तव्यज्यान, ज्यान मार्ने उद्योग, जातीय भे’दभाव र छु’वाछुत क’सुरको अ’भियोग लगाइएको छ भने एक जनालाई घटनाको म’तियारको अ’भियोग लगाइएको छ ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भे’दभाव र छु’वाछुत कसुरको अ’भियोग लाग्नेमा फरार ५ जनासहित वडाध्यक्ष डम्बरबहादुर मल्ल छन् ।अ’भियोग लागेका को को –वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोश मल्ल, महोन पुन मगर, रमेश बहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, ईन्द्रबहादुर मल्ल, दिपेन्द्र चन्द, तिलक चन्द, हर्कबहादुर मल्ल, लिपेन्द्र मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशम मल्ल, धनराज राना, रमित पुन, नविन घर्ती, विराज पुन, भिम पुन, घमण्ड मल्ल, विष्णु मल्ल, सर्वजित भनिने सविन पुन र १७ बर्षिया एक किशोरी । म’तियारको अ’भियोग, ईन्द्रबहादुर मल्ल:किशोरी मल्ल थरकी मृ’तक नवराज विककी प्रेमिका हुन्, जसलाई लिन जाँदा घटना भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *