दुखलाई बुझ्नेले मात्र सुख प्राप्त गर्न सक्छ : एकपटक अबश्य पढ्नुहोस

२०७७ असार ४, बिहीबार १९:४५ गते २०७७ असार ४, बिहीबार १९:४५ गते २०७७ असार ४, बिहीबार १९:४५ गते

इच्छा र राम्रो सोचले मात्रै काम गर्दैन ! तयारीले नै तपाईलाई प्रतिस्पर्धी बनाउँछ । प्रतिस्पर्धीको पहिचान उसले गर्ने दुःखबाट हुने गर्छ! म असफल भएको हुनसक्छु तर कदापी पनि असक्षम छैन ।दुख भन्नाले परिश्रम ,साहस ,संघर्ष, मेहनत बुझ्न पर्ने हुन्छ।दुख त जहाँ पनि हुन्छ, जसलाई पनि हुन्छ ! जसरी सुख स्थिर रहँदैन, दुख पनि स्थिर रहँदैन! दुवै कुरा स्थायी हुन सक्दैनन् ! सुन्दर जिन्दगीका लागि दुखको जस्तो नराम्रो चिज अरु केहि लाग्दैन भन्ने लाग्छ भने यो गलत हो । किनकि दुख, संघर्ष र मेहनत बिना जिन्दगी सुन्दर र अर्थपूर्ण हुनैै सक्दैन । सुखद जिन्दगीको आधार र आभास गराउने दुख नै हो । दुखको मतलब दुख दिने काम मात्र होईन, खुसी बनाउने औजारमा धार लगाउने भनेको हो। परिश्रम गर्ने भनेको कुरा आफैमा नराम्रो होइन ।

हरेक कुरा प्राप्त गर्न केही त्याग, समर्पण ,बलिदानीलकोआवश्यकता पर्छ। हात बाँधेर सुखसयल प्राप्त गर्न खोज्नु भनेको अझ दुख पाउनु हो। यो नै सबैभन्दा मूर्ख पूर्ण कार्य-चाहना हो। आज जो कोही कसैले दुःख पाइरहेका छन् भने प्रमुख कारण यो पनि हुनसक्छन् -कोही कसैले मेरो लागि गरिदिनेछन, भोलि गरौला !तपाइँको हातमा कस्तो किसिमको नतिजा छ ? जुन नतिजा तपाईसँग छ , जुन जिन्दगी तपाईसँग छ, के तपाईंको परिश्रम संघर्ष मेहनतबाट प्राप्त भएको हो?हामी सुखसयल चाहन्छौं, प्रथम र पास हुन चाहन्छौ । यो कुनै नराम्रो कुरा होइन। तर जो कोही व्यक्ति परीक्षा बिना सफल बन्न सक्दैन ,सफल बन्न परीक्षा दिनुपर्छ परीक्षा दिनका निम्ति दुख गर्नुपर्छ । हामी दुखको खाडलमा पुरीएको महसुस गर्छौ , दुखको जालोमा फसे झैँ ठान्दछौं तर सुखलाई हामीले भित्रदेखि नै किन महसुस गर्न सकेका छैनौं ?

वास्तवमा हामी सुखमा मात्र चाहन्छौं दुःख चाहँदैनौं र यो बुझ्दैनौं कि दुख पछी सुख मिल्छ भनेर । सुख मात्र जिन्दगी हो भन्ने गलत बुझाइ हामीले मस्तिष्क बाट हटाउनुपर्छ। दुख जिन्दगीको महत्वपूर्ण भाग हो भन्ने कुरा बिर्सिएका छौं तर बिर्सन हुँदैन। यस्तो सोचबाट सुख पाउन निकै गाह्रो पर्नेछ। दिन पछि रात भएझै दुख पछि सुख अवश्य आउनेछ। चिन्ता , तनावले दुख दिने गर्छ भने हामीले यही चिन्तालाई अंगाल्ने गर्दछौं। किन ? त्यसैले चिन्ता होइन चिन्तनको जरुरत छ ।हामीले गन्तब्यमा पुग्नका निम्ति पाइलालाई अगाडि नबढाएसम्म कहीं पनि पुग्न सक्दैनौं । कर्म बिना कुनै गन्तब्य भेटाउन निकै मुस्किल हुने गर्छ ।त्यसैले कर्म गर्नु एक सफल जिन्दगीको अस्त्र हो जोकोहीले यो कुरालाई स्विकार गर्नुपर्छ। दुःखबाट टाढा भाग्न ‌‌‌ हुँदैन। दुख भनेको सुख दिने पहिलो बिन्दु हो। जसले आज दुःख गर्न सक्छ, परिश्रम गर्न सक्छ उसैले भोलि सुन्दर जिन्दगी पाउनेनै छ।

सानो होस या ठूलो दुःखले अलिकति चुनौती दिने गर्छ , समय लाग्ने गर्छ। यस्तो दुःखले केही समय मान्छेलाई चिन्तित र कमजोर बनाउन सक्छ तर निरन्तरको प्रयास, परिश्रमले मानिसलाई सही गन्तब्यमा पुर्याएर नै छाड्ने गर्छ। यतिखेर मानिस केही गरेर पनि कमजोर हुनुहुँदैन ,अनुहार मलिन हुनुहुँदैन । सोचाइमा गलत धारणा उत्पन्न हुन सक्छन्, हुन दिनु हुँदैन।आजको जवानामा हामीले आफूलाई भन्दा अरुलाई सफल सक्षम समृद्ध खुसी देख्छौं तर आफूलाई सबैभन्दा निच, कमजोर क्षमताविहीन ठान्दछौ। किन ?यो नै मानवको सबैभन्दा कमजोर पक्ष हो। हामीले हरेक कुराहरु हामी भित्रै भेट्टाउन सक्छौं यसका निम्ति हामीले आफू को हु, के गर्न सक्छु, अन्य कुरालाई समयमै पहिचान गर्नु सबैभन्दा ठूलो कुरा हो । हामी पनि सफल बन्न सक्छौं भन्ने सकरात्मक धारणाको विकास गर्नु पर्दछ ।हरेक परिस्थिति अनुसारको दुख परिश्रम मिहेनत विश्वास आफूमाथि राख्न जरुरत छ ।तपाईं कोहीभन्दा कमजोर हुनुहुँदैन सबैभन्दा बलियो हतियार मानिसको मानसिकता, विचार, बोली, व्यवहार हो ।

यस्तो मानसिकतालाई सदैब बलियो बनाउन जरुरत छ ।आफूलाई सहि बिन्दुमा पुर्याउन अनेकन बाधा ,अप्ठ्यारा बाटा भेटिन्छन्, भेटिन सक्छन् कतै डराउनु हुँदैन, डगमगाउनु हुँदैन । यी कुराहरुले नै तपाईलाई महान लक्ष्यमा पुर्याउन सहयोग गर्नेछन्। आफ्नो लक्ष्य के हो भन्ने कुरालाई कहिलेपनि बिर्सनुहुँदैन। आफूलाई पनि कहिलेकाहीँ सजाय दिन जरुरी छ। हरेक कुराहरुमा आफूलाई नियन्त्रण, न्याय, निर्णयको कठघरामा उभ्याउन जरुरत छ। हरेक परिस्थितिसँग जुध्नु पर्नेछ, जुट्नुपर्ने हुन्छ।वास्तवमा सुरुवात गर्न निकै गाह्रो हुनेगर्छ तर सुरुवात गर्नै पर्छ। सुरु गरिसकेको यात्रा कहिले पनि पछाडि रोकेर नफर्कनुस् किनकि जति समय, संघर्ष,दुख पछाडि फर्कन लाग्नेछ, अगाडि गन्तब्य, लक्ष्य, सुख र सफलतामा पुग्न समय लाग्नेछ ।

अगाडि पुग्नका निम्ति केहि समय हामीले हरेक परिस्थिति , समस्यासंग लड्नुपर्ने हुन्छ । फेरि उठ्नुपर्छ सोही बाटोका लागि ! असफल हुनुभयो फेरि उठ्नुस ! यो सोच्नुहोस् कि तपाईं असफल हुनुहुन्छ होला तर असक्षम कदापि हुनुहुन्न । सही समयमा सत्य, सकरात्मक मौकालाई चिन्नुपर्ने हुन्छ।सबैभन्दा दुःख मानिसलाई नौलो कुरामा हुनेगर्छ। सुरुवातमा जो पनि लड्छन् रुन्छन् तर जो मान्छे निरन्तर अगाडि बढ्ने दुख गर्दछ त्यही व्यक्ति सुखको हकदार हुनेगर्छ, शिखर चुम्न सक्छ । यदि तपाईं सुख को हकदार हुन चाहनु हुन्छ भने दुख पनि सहनुपर्छ ।यदि तपाई जितको हकदार हुन चाहनुहुन्छ भने हारको पनि हकदार हुनुपर्छ । तालि र गालि सबै सहनुपर्छ, स्वीकार गर्नुहोस्। चाहे एकान्तमा होस या हुलमा होस आफूलाई कहिल्यै पनि कमजोर ,दुखित मान्नुहुँदैन , नमान्नुहोस्। अगाडि बढ्न केही कदम पछाडि पनि सर्नुपर्छ, सर्नुहोस्। यहि कुरालाई वास्तविक आफ्नो सधै को दिन सम्झनुहोस् ।जति सुखलाई स्वीकार्ने अभियानमा लाग्नु भएको छ, त्यति नै दुखलाई पनि बुझ्न सक्नुपर्छ, सक्नुहोस्। दुखलाई नबुझी सुखलाई मात्र पुज्न थाल्नुले थकान मात्र मिल्न सक्छ, अन्त्यमा दुखाइ मात्र हात लाग्नसक्छ विचार पुर्याउनुहोस् ।यो कुरा कहिले नबिर्सनु जति समस्या तपाईंका अगाडि उपस्थित छन् ती समस्याहरु तपाईंले नै समाधान गर्न सक्नुहुन्छ । विश्वास

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *