नेपालमा भित्रभित्रै सल्किएको ‘ग्रेटर नेपाल’ को आगोले भारत त्रसित

२०७७ असार ६, शनिबार ०७:४८ गते २०७७ असार ६, शनिबार ०७:४८ गते २०७७ असार ६, शनिबार ०७:४८ गते

काठमाडौं । पछिल्लो समय ‘विशाल नेपाल’ को मुद्दा सडकदेखि संसदसम्म जोडतोडका साथ अगाडि बढेको छ । संसदमा विभिन्न दलका प्रतिनिधि सभाका सांसदहरुले भारतले सुगौली सन्धिलाई नमान्ने हो भने टिस्टादेखि काँगडासम्मको भूभागने नेपालको भएको र उक्त भू-भाग छाड्नेपर्ने माग राखिरहेका बेला ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भने विरोध जनाएको छ । ससर्त वा निसर्त ग्रेटर नेपाल त्यागिदिने अधिकार कुनै पनि मामनीयहरुलाई नभएको भन्दै चेतावनी दिएको छ । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेको भारतले अस्वीकार गरेपछि सांसदहरु राजेन्द्र लिङ्देन, रामकुमारी झाँक्री, रेणुका गुरुङ, गङ्गा चौधरी तथा राजनीतिक दलका नेताहरू डा. प्रकाशचन्द्र लोहनी, सीपी गजुरेललगायतले इन्डियाले सुगौली सन्धि भारतले मान्दैन भने टिस्टादेखि सतलजसम्म नेपालको भू-भाग भारतले छाड्नुपर्ने अभिब्यक्ति दिएका थिए ।

उक्त अभिब्यक्तिले सर्वसाधारण र बौद्धिक बर्गहरुमा समेत भ्रम र आशंका फैलिने भन्दै सचेत रहन मोर्चाले भनेको छ ।ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष एवम् अभियन्ता फणीन्द्र नेपालले भने, ‘भारतले लिम्पियाधुरा नेपालकै हो भनेर मान्यो भन्दैमा ग्रेटर नेपाल त्याग्न सकिन्न । यहाँ त भारतले नमाने मात्र टिस्टा सतलजसम्म नेपालको दावी भन्ने बुझियो । जब कि सुगौली सन्धि रद्द भैसकेको अवस्था छ । सुगौली सन्धि रद्द भैसकेको अवस्थामा स्वतः नेपालको सीमाना टिस्टादेखि सतलजसम्म कायम भैसकेको छ ।’सुगौली सन्धिलाई सन् १९५० मा नेपाल-भारतबीच भएको शान्ति सम्झौताले विस्तापित गरिसकेको छ । सोही सन्धिअनुसार नै नेपालको सीमाना टिस्टादेखि सतलजसम्म कायम भइसकेको र नेपालको उक्त भूमिमा भारतले औपनिवेश कायम राखेको मोर्चाको ठहर छ । त्यसैले पनि ग्रेटर नेपालको माग र दावी नेपालले छाडेको सन्देश दिन नहुने र त्यसो नगर्न पनि मोर्चाले सवै माननीयहरुलाई आग्रह गरेको छ ।

मोर्चाको उक्त धारणा सार्वजनिक भएपछि अर्थात बिहिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले अंग्रेज साम्राज्यले लुटेको नेपालको दार्जिलिङ, काँगडासम्मको भूभाग भारतले नेपाललाई फिर्ता दिनुपर्ने बताए । बिहीबार राष्ट्रियसभाको बैठकमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ नक्सालाई संवैधानिक मान्यता दिन सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै नेता शर्माले सो कुरा बताएका हुन् ।उनले भने, ‘भारत साँच्चै असल मित्र भए अंग्रेज सम्राज्यले लुटेको नेपाली भूभाग नेपाललाई नासोका रुपमा फिर्ता गर्नुपर्छ ।’ उनले थप स्पष्ट पार्दै भने, ‘भारतीय नेताहरु चेलीबेटीको नाता हो, डोलीबेटीको नाता हो भन्नुहुन्छ । यदि त्यसो हो भने सगौरव दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ । र, काँकडासम्मको भूभाग फिर्ता गरिदिनुपर्छ । यो तपाईंहरुको नासो हो, यो नासो बुझ्नुस् भनेर भन्नुपर्छ ।’

उनले कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्न पनि माग गरे । भारतीय सेना फिर्ता हुनुपर्ने माग समग्र नेपालीको चाहाना भएको पनि उनले बताए ।उनले भारतीय नेताहरुले नै उक्त भूमि नेपालको भएको बताइरहेका बेला भारतले इमान्दारिताका साथ उक्त भूमिबाट आफ्नो सेना फिर्ता बोलाउनुपर्ने बताए । उनले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेट्ने विषयमा देखिएको नेपाली राष्ट्रिय एकताप्रति खुसी प्रकट गरे ।नेता शर्माको भनाई निकै सान्दर्भिक र बास्तबिक भएको भन्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा अध्यक्ष एवम् ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले ग्रेटर नेपालको दावी गरेकोमा उनलाई बधाई तथा शुभकामना दिए । ग्रेटर नेपालको अभियान भित्रभित्रै आगोसरी फैलिएको भन्दै भारतीय मिडिया र सरकार नै यतिखेर आत्तिएको देखिन्छ ।भारतीय बिभिन्न सञ्चारमाध्यामले नेपालको संसदमा उठेको ग्रेटर नेपालको बिषयलाई कुनै प्राथमिकता नदिए पनि उनीहरुको मनमा चिसो पसिसकेको छ । जुन कुरा भारतीय विभिन्न स्वतन्त्र च्यानलहरुले पुष्टि गरिसकेको अवस्था छ । साभार :-सिटिजन पोष्ट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *