इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा २लाख ८१ हजार बराबरको अवैध चल्ला नष्ट

२०७७ असार ७, आईतवार १२:५२ गते २०७७ असार ७, आईतवार १२:५२ गते २०७७ असार ७, आईतवार १२:५२ गते

अजय मिश्र, कृष्णनगर, अषाढ ७| कपिलवस्तु जिल्ला मा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर तथा प्रहरी चौकी बेदर्मी बाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकी को आधार मा कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवा बाट २५ कार्टून प्रति कार्टून १५० चल्ला का दरले अन्दाजी ३७५० चल्ला बरामद गरेको छ। बरामद गरिएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगर पछाडि खाल्डो खनि पशु क्वारेनटाइन का प्रतिनिधि लालमणि अर्याल, कृष्णनगर नगरपालिका प्रतिनिधि सुदिप प्रताप मौर्य ,प्रहरी, पत्रकार,आदि को उपस्थिति मा उक्त चल्ला नष्ट गरिएको छ। जस्को अनुमानित मुल्य २ लाख ८१ हजार २५० रुपया सम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका ले जानकारी दिएको छ।साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार,न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *