नीजि स्कुलले ‘बन्दाबन्दि’ बेलाको पनि शुल्क असुल्ने निर्णय खेदजनक छ : संयोजक महर

२०७७ असार ८, सोमबार २१:१४ गते २०७७ असार ८, सोमबार २१:१४ गते २०७७ असार ८, सोमबार २१:१४ गते

काठमाडौं, ८ असार : प्याब्सन तथा नेशनल प्याब्सनले आइतबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै शुल्क लिने निर्णय गरेसँगै, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले गैरकानुनी रुपमा नीजि विद्यालयहरुले शुल्क लिने घातक निर्णय अविलम्ब फिर्ता लिन चेतावनी दिएका छन् ।विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको समयमा समेत नीजि स्कुलहरुले शुल्क असुल्ने निर्णय गरेकोमा खेद प्रकट गर्दै संयोजक महरले नीजि विद्यालयले यो वा त्यो बहानामा विद्यार्थीबाट शुल्क लिने कार्य तत्काल बन्द गरी आम अविभावक तथा विद्यार्थीलाई भय र त्रासबाट मुक्त बनाउन आग्रह गरेका छन् ।नीजि विद्यालयले गरेको आव्हानलाई सम्पूर्ण अविभावहरुले आवज्ञा गर्न अपिल गर्दै संयोजक महरले लकडाउनको समयमा समेत शुल्क असुल्ने नीजि विद्यालयलाई तत्काल कानुनी कारवाही गर्न आग्रह समेत गरेका छन् ।समाजिक सञ्जालमा आफ्नो धारणा राख्दै संयोजक महरले भनेका छन्, ‘गैरकानुनी रुपमा नीजि स्कुलहरुले बन्दाबन्दिको बेलाको पनि शुल्क असुल्ने निर्णय खेदजनक छ । अविलम्ब यस्तो घातक निर्णय फिर्ता लिन चेतावनी दिन चाहन्छु । सम्पूर्ण अभिभावक ज्यूहरुलाई यो निर्णय अवज्ञा गर्न हार्दिक अपिल गर्दै नीजि स्कुलका सञ्चालकलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गर्छु ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *