जनता समाजवादी कपिलवस्तु द्वारा नागरिकता विधेयक विरुद्ध प्रदर्शन –

२०७७ असार ९, मंगलवार १६:२५ गते २०७७ असार ९, मंगलवार १६:२५ गते २०७७ असार ९, मंगलवार १६:२५ गते

प्रिन्स मिश्रा कृष्णनगर , कपिलवस्तु |जनता समाजवादी पार्टी कृष्णनगर कमिटिले सरकारले ल्याउन लागेको बैवाहिक अङ्गीकृत नागरिता विधेयक विरुद्ध प्रदर्शन गरेको छ । कमिटिले सरकारले मधेशी समुदायलाई लक्षित गरी बर्षौ देखि रहि आएको भारत संगको रोटी वेटीको सम्बन्धलाई सक्काउन यस्तो विधेयक ल्याउन लागेको भन्दै विधेयक विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।जनता समाजवादी पार्टी कृष्णनगर कमिटीको आयोजनामा भएको विरोध कार्यक्रममा संघीय परिषद् सदस्य अकरम पठानले सरकारले ल्याएको विधेयकले अन्य मुलुकमा विवाह गरी नेपालमा बुहारी बनाउदा नागरिकताका लागी ७ बर्ष कुर्नु पर्ने बाध्यकारी विधेयक ल्याउन लागेकोले सो विधेयकको विरुद्ध जनता समाजवादी पार्टि निरन्तर प्रदर्शन गर्ने बताए ।

सरकारले ल्याउन लागेको विधेयकले मधेशी समुदायलाई पछाडी पार्न खोजिएकोले सो विधेयक खारेज नहुदाँ सम्म आन्दोलन गरिरहने पठानले बताए । जनता समाजवादी पार्टिका सदस्य शिवकुमार गुप्ताले विधेयक आफ्नो पार्टिलाई कदापी स्वीकार्य नहुने र सरकारले जर्वजस्ती यो विधेयक ल्याए देशमा ठूलो आन्दोलन हुने बताए । जनता समाजबादी नेता बृजेश गुप्ताले एउटा समुदायको परम्परा देखि चलिआएको संस्कारलाई कुल्चाउन सरकारले बैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न ७ बर्ष कुर्नु पर्ने विधेयक ल्याउने तयारीमा रहेकोले सो विधेयक विरुद्ध अझै शशक्त आन्दोलन गर्ने बताए । युवा नेता नबाब शाहले सरकारले पटक पटक मधेशी थारु जनजाती माथि अन्याय गर्दै आएकोले अब सहेर नबस्ने बताए । तसर्थ सरकारले ल्याउन लागेको विधेयक तत्काल खारेज गर्नुपर्ने शाहले माग गर्नुभयो ।त्यस्तै जनता समाजवादी पाटीका नेता संभु पांडेयले नागरिकता विधेयक सच्चाउनु सत्ता पक्षसगँ माग गर्नु भयो । नेकपा सरकारले आफु अनुकुल नागरिकको विषयमा निर्णय गर्नु रोटी वेटी विचको सम्बन्धलाई तोडने कार्य भएको बताउनु भयो ।उक्त कार्यक्रममा साहिल खान , जीवन श्रीवास्तव , बजरंगी गुप्ता शिवकुमार गुप्ता , दीपेंद्र मिश्रा ,मोहमद हाई ,राजेश यादव ,रामकुमार यादव ,रामसेवक यादव ,नदीम अहमद ,अशरफ खान जनता समाजवादी पाटीका नेता तथा कार्यकर्ताहको सहभागीता रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *