प्रदेश अनलाइन खबर। लोकतन्त्र बिशेष प्रकारको राजनीतिक सस्कृतिमा मात्र सफल हुन्छ ।बिश्वका सबै जसो देशहरूमा अझै पनि यो लागू हुन सकेको छैन । दोस्रो बिश्वयुद्वपछि एसियाली र अफ्रिकी देशहरूमा लागू भएको यो ब्यवस्था,अनुकूल परिस्थितिको अभावका कारण आशा गरेअनुरूप सफल हुन सकेन । त्यस समय यसलाई शंकाको दृष्टिकोणले हेरियो । वास्तवमा यो गलत ब्यवस्था थिएन । उचित एवम् आवश्यक परिस्थितिको निर्माण हुन नसक्नुको कारणले नै यो लक्ष्यमा पुग्ना नसकेको हो । लोकतन्त्रका लागि कठिन राजनीतिक अभ्यासको अवश्यकता पर्छ । यसका लागि जनताको शुद्ध आचारण , प्रभावशाली नेतृत्व ,बिशेष बाताबरण र समयानुकूल परिस्थिति हुनु आवश्यक छ ।
लोकतन्त्र सफलताका लागि विवेकपूर्ण तथा न्यायसङ्गत जनमत व्यक्त गर्ने उपयुक्त साधनहरुको उपस्थिति जनताद्वारा शासनलाई प्रभाव पार्न सक्ने बैधानिक ब्यवस्था र सुब्यवस्थित एवम् प्रभावपूर्ण शासन यी चारवटा तत्वलाई आवश्यक सर्त मानिन्छ । साथै ब्यक्तिहरुबीच आर्थिक समानता ,अबिभाजित जनमत ,नागरिकहरुको समाजिक भावना ,सार्बजनिक मामिलामा रुचि, शान्त बाताबरण स्वाशासनको भावना र कार्यमा इमानदारी एवं निश्पक्षता लोकतन्त्रलाई सफलतापूर्बक संचालन गर्ने अवय मानिन्छ ।सधै संघर्ष ,युद्धहरु र जनान्दोलन भइरहने देशहरू बिकसित हुन सक्दैनन । त्यहाँ शान्ती सुब्यवस्था पनि कायम हुन सक्दैन । सरकार अस्थिर हुन्छ । जनतामाथि अराजकता र जनताले सरकारमाथि बिश्वास गर्दैनन । सत्ता कायम राख्न सरकारले जनतामाथि दमन गर्छन । यसको परिणाम हानिकारक हुन जान्छ । त्यसैले शान्ति सुब्यवस्था कायम राख्नु कुनै पनि सरकारको प्राथमिक आवश्यकता हुन जान्छ ।
लोकतन्त्रका अवगुण ( Demerits of democracy ):
- १ मुर्खको शासन
- २खर्चिलो ब्यवस्था
- ३ स्थायित्वको अभाव
- ४मताधिकारको दुरुपयोग
- ५ निर्णयमा बिलम्ब
- ६ एकताको अभाव
- ७बहुमतको तानाशाही
प्राचीनकालदेखि निरकुशतन्त्र,कुलिनतन्त्र र साम्यबाद्का समर्थकहरुले लोकतन्त्रको तीब्र आलोचना गर्दै आएका छ्न । यस ब्यवस्थाका अनेक गुणहरु हुँदाहुदै पनि यो दोषबाट मुक्त रहन सकेको छैन । भनिन्छ , चुनावको सन्दर्भमा जति धेरै खर्च हुन्छ , त्यो पैसाको मात्र बर्बादी हो बरु यसले लोकतन्त्रात्मक भावनाको नै बिनाश गर्छ । किनभने यस शासन ब्यवस्थाको निर्वाचनमा योग्य र कुशल ब्यक्तिले भाग लिन चाह्दैन्न । केवल अयोग्य ब्यक्ति मात्र निर्वाचनको माध्यमबाट सत्तामा पुग्छ्न । यस ब्यवस्थामा जनता प्राय: अशिक्षित हुने हुनाले विभिन्न समस्याहरु उत्पन्न हुन्छ । ” भनाई छ ::यदि संसारमा एक बुद्विमान ब्यक्ति छ भने नाै जना मूर्खहरु छ्न ।।
Views: 0