प्रहरीले पत्ता लगायो सुस्मिताको ह’त्या’रा , थाहा पाउदा सबै अचम्मित

२०७७ असार ११, बिहीबार ०७:१७ गते २०७७ असार ११, बिहीबार ०७:१७ गते २०७७ असार ११, बिहीबार ०७:१७ गते

एजेन्सी। असार २ गते घरकै भान्सा कोठामा मृ’त भेटिएकी हेटौंडा उपमहानगरपालिका– ४ गर्दोही सूर्यचोककी सुस्मिता थापाको ह’त्या’मा ससुरा र नन्दको संलग्नता देखिएको छ ।एकसाता लामो अनुसन्धानपछि ह’त्या’मा सुस्मिताका ससुरा प्रकाश थापा र नन्द सीताको संलग्नता पुष्टि हुने आधार भेटिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।त्यस दिन खाना खाने समयमा विवाद भएको र भान्सा कोठामै लोहोराले हानेर सुस्मिताको ह’त्या भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ ।घटनाको क्रममा सासुले रोक्न खोजे पनि नन्द र ससुराले विभत्स ढंगबाट ह’त्या गरेको अनुसन्धानबाट खुलेको एसपी राठौरले बताए ।

सुस्मिताका श्रीमानको ६ महिनाअघि सवारी दु’र्घ’ट’ना’मा मृ’त्यु भएको थियो ।त्यसपछि परिवारमा विवाद भएपछि सुस्मिता माइत बस्दै आएकी थिइन् ।तर श्रीमानको मृ’त्यु’को ६ महिना पुगेको अवसरमा गर्नुपर्ने साँस्कृतिक कामका लागि उनी घर फर्किएकी थिइन् ।लगत्तै लकडाउन भएकाले माइत फर्किन नपाएइको देखिएको एसपी राठौरले बताए ।ह’त्या’मा परिवारकै सदस्य संलग्न भएको पुष्टि हुने आधार देखिए पनि घरबाहिरका पनि कोही संलग्न हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान प्रक्रियालाई फराकिलो पारेको छ ।सुस्मिताका ससुरा र नन्दलाई प्रहरीले हिरासतमा राखी ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ ।सुस्मिताको टाउकोको पछिल्लो भागमा गहिरोे चोट लागेको, आँखासमेत फुटेको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।उनको घाँटी र अन्य भागमा समेत चोट देखिएको प्रहरीले जनाएको छ ।सुस्मिताको श’व भान्छाकोठामै भित्रबाट चुकुल लगाएको अवस्थामा रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *