बालबालिकालाई कसरी सिपालु बनाउने ? हेर्नुहोस हरेक अभिभावकले पढ्नैपर्ने कुरा

२०७७ असार १२, शुक्रबार १५:५६ गते २०७७ असार १२, शुक्रबार १५:५६ गते २०७७ असार १२, शुक्रबार १५:५६ गते

भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।बालबालिकालाई कसरी हुर्काउने र कसरी शिक्षा दिने भन्ने उल्लेख गर्दै गिजुभाइले औंल्याएका केही बुँदा शिक्षा विमर्श नामक ब्लगबाट अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ ।

भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।बालबालिकालाई कसरी हुर्काउने र कसरी शिक्षा दिने भन्ने उल्लेख गर्दै गिजुभाइले औंल्याएका केही बुँदा शिक्षा विमर्श नामक ब्लगबाट अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ ।

आफैं गर्न दिनुस् बच्चालाई आफैं काम गर्ने सोख हुन्छ । उसलाई रुमाल धुन दिनुस् ।उसलाई भाँडामा पानी भर्न दिनुस् ।उसलाई फूल सजाउन दिनुस् ।उसलाई कचौरा मस्काउन दिनुस् ।उसलाई मटरकोसाको दाना निकाल्न दिनुस् ।उसलाई खानेकुरा पस्किन दिनुस् ।बच्चालाई सारा काम आफैं गर्न दिनुस् ।उसको आफ्नो मर्जीले गर्न दिनुस् ।उसको आफ्नो ढंगले गर्न दिनुस् ।पहिचान:हाम्रो आँखामा अमृत छ वा विष,हाम्रो बोलीमा मिठास छ या टर्रोपन,हाम्रो स्पर्शमा कोमलता छ वा कठोरता,हाम्रो मनमा शान्ति छ वा अशान्ति,हाम्रो मनमा आदर छ वा अनादर,बच्चा यी कुरा तुरुन्तै पत्ता लगाउँछन् ।बच्चा हामीलाई एकदम जानिसक्छन् ।दुश्मनसुत, नत्र अहिले बाबाजीले पक्रेर लैजान्छ !’खाऊ, नत्र चोरले लिएर जान्छ ।’बाघ आयो !’बाबाजी आयो !’पुलिस आयो !’चुप लाग, नभए कोठामा बन्द गरेर राख्छु ।’पढ्न बस, नत्र पिट्छु ।’जो यसरी बच्चालाई डर देखाउँछन्,उनीहरु बच्चाहरुका दुश्मन हुन् ।पृथ्वीमा स्वर्ग यदि हामीले बच्चाहरुलाई आफ्नो घरमा उचित स्थान दियौं भने,हाम्रो पृथ्वीमा नै स्वर्गको सृष्टि हुन सक्छ ।स्वर्ग बच्चाको सुखमा छ ।स्वर्ग बच्चाको स्वास्थ्यमा छ ।

स्वर्ग बच्चाको प्रसन्नतामा छ ।स्वर्ग बच्चाको निर्दोष मस्तीमा छ ।स्वर्ग बच्चाको गीत र गुनगुनाइमा छ ।महान् आत्माबच्चाको शरीर सानो छ, तर उसको आत्मा महान् छ ।बच्चाको शरीर बढ्दो छ ।बच्चाको शक्ति विकासशील छ ।तर, उसको आत्मा त पूर्ण छ ।हामी त्यो आत्मालाई सम्मान गरौं ।आफ्नो गलत रीति र नीतिबाट हामी बच्चाहरुको शुद्ध आत्मालाई प्रदुषित नपारौं ।जानीराखौं बच्चा सम्पूर्ण मनुष्य हो ।बच्चामा बुद्धि छ, भावना छ,मन छ, आफ्नो बुझाइ छ ।बच्चामा भाव र अभाव छ, रुचि र अरुचि छ ।हामी बच्चाका इच्छाहरु चिनौं ।हामी बच्चाका भावनाहरुलाई सम्झौं ।बच्चा अबोध र निर्दोष छ ।आफ्नो अहंकारका कारण हामी बच्चालाई तिरस्कार नगरौं ।आफ्नो अभिमानका कारण हामी बच्चाको अपमान नगरौं ।चाहना बच्चालाई आफैंले खानु छ, तपाई उसलाई नख्वाउनुस् ।बच्चालाई आफैं नुहाउनु छ, तपाईं उसलाई ननुहाइदिनुस् ।बच्चालाई आफैं हिँड्नु छ, तपाईं उसको हात नसमात्नुस् ।बच्चालाई आफैं गाउनु छ, तपाईं उसलाई गाउन नलगाउनुस् ।बच्चालाई आफैं खेल्नु छ, तपाईं उसको बीचमा नआउनुस् ।

किनकि बच्चा स्वावलम्बन चाहन्छ ।यति पनि नगर्ने ?गानाबजाना गर्ने ठाउँमा जान छोडेर बच्चालाई बगैंचामा लैजानुस् ।गफमा अल्झिनुको साटो बच्चालाई चिडियाखाना देखाउन लैजानुस् ।अखबारमा मात्र अलमलिएर नबसी बच्चाको कुरा पनि सुन्नुस् ।राति सुत्ने समयमा बच्चालाई असल कहानीहरु सुनाउनुस् ।बच्चाको हरेक काममा गहिरो चासो देखाउनुस् आत्मसुधार बच्चालाई यस कारण सम्मान गर्नुस, ताकि हामीमा आत्मसम्मानको भावना जागोस् । बच्चालाई गाली गर्ने, तर्साउने नगर्नुस् । जसले गर्दा गाली गर्ने र तर्साउने हाम्रो खराब बानी छुट्दै जाओस् । बच्चालाई नपिट्नुस् जसले गर्दा मारपिट गर्ने हाम्रो पशु–वृत्ति नष्ट हुन सकोस् । यसरी आफूलाई सुधारेर नै हामी आफ्ना बच्चालाई सही रुपमा विकास गर्न सक्छौं ।

डर र लोभ:आमा, बुवा र शिक्षकले बुझिराख्नुस्पिटेर वा लोभ देखाएर बच्चा सुन्न सक्दैनन्,बरु उल्टै बिग्रिँदै जान्छन् ।पिटेपछि बच्चामा झन् उग्र भावना बढ्छ ।लोभ देखाउँदा बच्चा लालची बन्छन् ।डर र लोभका कारण बच्चा निर्लज्ज, थेत्तरो, जिद्दी र दीन(हीन बन्छन् ।सुन्दर संसार घर यदि आमाबुवाले आफूले जस्तोसुकै आचरण गरे पनि आफ्नो बच्चालाई संस्कारी बनाउन सकिन्छ भन्ने सोच्छन् भने,त्यो ठूलो भूल हो ।आमाबुवा र घर, दुइटै संसारको सबैभन्दा ठूलो र शक्तिशाली चिजहरु हुन् ।घरमा बिग्रेको बच्चालाई भगवान् पनि सुधार्न सक्दैनन् !प्रकृतिको उपहार प्रकृतिबाट टाढा रहने बच्चाले प्रकृतिको विविधताबारे कसरी थाहा पाओस् !झलमल्ल चन्द्रमा, कलकल बग्ने नदी,खेतको माटो,परालको घर, पहाडको ढुंगा, आकाशको रंग र खुला हावा,यी सबै ती उपहार हुन्, जुन बच्चालाई प्रकृतिबाट प्राप्त भएका हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *