भावुक देश भक्ति गीत निर्देशक शशिबिक्रम थापाको ‘कालापानी दुख्यो’ सार्वजानिक

२०७७ असार १२, शुक्रबार २०:४१ गते २०७७ असार १२, शुक्रबार २०:४१ गते २०७७ असार १२, शुक्रबार २०:४१ गते

काठमाण्डौ – गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.को प्रस्तुती रहेको गीतकार एवं समाजसेवी जानकी वज्रचार्य को शव्द रचना एवं वहुप्रतिभाका धनी शशिविक्रम थापाको स्वर तथा पुरुषोक्त न्यौपानेको संगीत रहेको राष्ट्रप्रेमले भरिएको गीत “नालापानी दुख्यो साथी कालापानी दुख्यो” वोलको गीत च्छोरोल्पा टि.भी. मार्फत ११ गते विहिवार काठमाण्डौमा एक कार्यक्रमका विच सार्वजानिक गरिएको छ ।सामाजिक दुरी कायम गर्दै सम्पन्न भएको उक्त कार्यक्रमा वरिष्ठ नाट्यकर्मी एवं कलाकार मदनदास श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजसेवी शोभित उप्रेती, देवेन्द्र सिटौला , नेपाली कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्का, कलकार प्रभाकरदेव शर्मा, चलचित्र निर्देशक माधव राज खरेल पत्रकार राजन थापा, सुर्य चन्द, कमला जोशी, समाजसेवी सोमा खत्री, लक्ष्मी वस्नेत, अनिता चौलागाई लगायतका विभिन्न ब्यक्तित्वोहरुको सहभागिता रहेको थियो ।कालापानी, लिपुलेख, लिम्पियाधुरा र सुस्ता लगायतका क्षेत्रमा छिमेकीद्धारा मिचिएको सिमानाका विषयमा तैयार गरिएको गीतको भिडियो समेत कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथिहरु र संचारकर्मीहरुका विच प्रदर्शन गरिएको थियो । आम दर्शक श्रोताहरुले गीत र भिडियोलाई मन पराउनेमा निर्माण समुह विश्वस्त रहेको छ ।

च्छोरोल्पा टि.भि.को यूटुव च्यानल मार्फत सार्वजानिक गरिएको उक्त भिडियोको निर्देशन गायक शशिविक्रम थापाले स्वंयमले गरेका छन् । भने प्रेम शर्मा पौडेलको सम्पादन, केशव अधिकारीको छायांकन, सुमन शंकरको श्रृंगार रहेको छ भने उक्त भिडियोमा गीतकार जानकी वज्रचार्यका साथै वुद्ध श्रेष्ठ, वलराम कार्की, प्रकाश खत्री, विक्रम आचार्य, नवराज मैनाली लगायतको अभिनय रहेको छ ।संचारकर्मी रामचन्द्र सुन्दासले संचालन गरेको उक्त कार्यक्रममा गीत र भिडियोमा आवद्ध रहेका कलाकार तथा प्राविधिकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो साथै प्रमुख अतिथि र विशिष्ठ अतिथिलाई पनि कार्यक्रममा गौरीशंकर च्छोरोल्पा मिडयाका प्रवन्ध निर्देशक प्रविण थपलियाले मायाको चिनो प्रदान गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *