सुनचाँदीको मूल्यमा गिरावट

२०७७ असार १८, बिहीबार १६:४१ गते २०७७ असार १८, बिहीबार १६:४१ गते २०७७ असार १८, बिहीबार १६:४१ गते

काठमाडौं, १८ असार : सुनको मूल्य बिहीबार ७ सय रुपैयाँ घटेको छ । बुधबार तोलामा ९१ हजार ७ रुपैयाँ पुगेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।बिहीबार फेरि घटेर ९१ हजार रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको आइतबार र सोमबार पनि सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ नै तोकिएको थियो ।त्यसपछि मंगलबार २ सय रुपैयाँ बढेर तोलाको ९१ हजार २ सय रुपैयाँ पुगेको थियो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अस्थिर छ ।यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी बुधबार तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *