देशभर ”देश बेच्न पाइदैन ओली फाल्न पाइदैन” भन्दै प्रदर्शन

२०७७ असार १८, बिहीबार १७:२५ गते २०७७ असार १८, बिहीबार १७:२५ गते २०७७ असार १८, बिहीबार १७:२५ गते

काठमाडौं, १८ असार : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टी भित्रै घराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापामा ओली समर्थकहरूले बिहीबार प्रदर्शन गर्दैछन् ।झापाको विर्तामोडको मुक्ति चोकमा बिहीबार अपरान्ह ३ बजेका लागि प्रदर्शन गर्न लागिएको नेकपाका युवा नेता टिका मग्रातीले जानकारी दिएका छन् । सत्तारुढ पार्टी सम्बद्ध भातृ संस्थाका युवाहरू प्रदर्शन निस्किने बताइएको छ ।उनीहरूका अनुसार प्रधानमन्त्रीका लागि चुनाव जिताएर पठाएको प्रतिनिधि सभा सदस्यलाई जबरजस्ती राजीनामा गर्न लगाउने षडयन्त्रको भ’ण्डाफोर गर्न ओली जिताउन खटिएका युवा प्रदर्शनमा उत्रने मग्रातीले बताए ।नेपालको राष्ट्रियताको पक्षमा च’ट्टानी अडान लिँदै भारतका विरुद्ध उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले झा’पड हान्न सुरु गरेको छ । भारतीय डिजाइनमा नेपालभित्र अब पूरै ओली विरोधी माहौल बनाइने भएको छ ।देशभरका नेकपाका कार्यकर्ता एवम् शुभचिन्तकले तत्कालका लागि प्रधानमन्त्री ओलीलाई हटाउन नमिल्ने भन्दै समाजिक संजालमा विचार व्यक्त गरिरहेका छन् ।

यसरी हुँदैछ नेकपाको विवाद समाधान ?नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन गरेर सत्तारुढ नेकपामा जारी विवाद समाधानको तयारी भएको छ ।२०७५ जेठ २ गते तत्कालीन एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकतापछि आलोपालो पार्टी र सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए । जसअनुसार ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका थिए ।त्यसआधारमा उनले पाँच वर्षे कार्यकालको आधा समय सरकारको नेतृत्व गरिसकेका छन् । अब बाँकी समय प्रचण्डलाई सरकारको नेतृत्व दिएर गतिरोध फुकाउने तयारीमा प्रधानमन्त्री ओली रहेको नेकपाका एक स्थायी समिति सदस्यले दाबी गरे । ‘पार्टी फुट्दैन, ओली-प्रचण्डबीच पार्टी एकता गर्दा भएका सहमति कार्यान्वयन गरेर निकास निस्कन्छ,’ ओली र प्रचण्ड दुवैसँग संवादमा रहेका ती नेताले भने । नेकपाका महासचिव विष्णु पौडेलले पनि सहमतिकै आधारमा जारी गतिरोधको अन्त्य गरिने र पार्टी थप एकताबद्ध हुने दाबी गरे।‘नेकपामा सहमतिकै आधारमा पार्टी अघि बढ्छ, त्यसको विधि सार्वजनिक गर्दिनँ,’ पौडेलले भने, ‘सहमतिमा समस्या समाधान हुन्छ। कसैले विग्रह ल्याउने, पार्टी फुटाउने अपेक्षा नगरे हुन्छ, वि’ग्रह ल्याउने चाहना कसैले गरेको छ भने त्यो पूरा हुँदैन।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *